शुक्रबार, वैशाख ७, २०८१

बालिका हत्या प्रकरण : बाटोमै शव राखेर प्रदर्शन

महोत्तरीमा बेपत्ता भएकी ६ वर्षीया बालिकाको शव बोरामा फेला परेपछि प्रदर्शन चर्किएको छ।
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

जनकपुरधाम- महोत्तरीमा बेपत्ता भएकी ६ वर्षीया बालिकाको शव बोरामा फेला परेपछि प्रदर्शन चर्किएको छ।

triton college

प्रदर्शनकारीले बालिकाको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन्। 

महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम् बस्तीबाट बेपत्ता भएकी शाहीद आलमकी छोरी गुलाब साह खातुनको शव सोमबार मध्यरातमा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायव उपरीक्षक राजन चापागाईले जानकारी दिए।

आइतबार साँझदेखि बस्तीबाटै हराएकी गुलाब साह खातुनको हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा शव फेला परेको हो। शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको खाली जग्गामा बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ।

हत्याको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक चापागाईले जानकारी दिए। प्रहरीले महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको हो । चपागाईंका अनुसार ती युवकले आरोप स्वीकार समेत गरीसकेको छ।

corrent noodles
Metro Mart

बालिकाको बलात्कार गरेर हत्या गरेको भन्दै स्थानियहरुले प्रदर्शन गरेका छन् भने प्रहरीले पोस्टमार्टम रिपोर्टपछि मात्रै केही भन्न सकिने बताएको छ।

स्थानीयले पक्राउ परेका आरोपीको घर तथा बर्दिवासस्थित मुख्य चोकमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीले आरोपित युवाको घरमा आगजनी गरेका छन्। आगो निभाउन गएको दमकललाई समेत उनीहरुले अवरोध गरेका थिए । 

प्रदर्शन नियन्त्रणमा लिन र अवरोध खुलाउन प्रहरीले ४ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । 

प्रकाशित: Nov 24, 2020| 05:55 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।