काठमाडौं- एनभीए राष्ट्रिय भलिबल च्याम्पियनसिपमा मंगलबार छ खेल हुँदैछन्। यससँगै महिलातर्फको खेल मंगलबारबाट सुरु हुँदैछ। महिलातार्फको पहिलो खेलमा विभागिय टिम एपीएफले ढोरपाटन स्पोर्टस् क्लबको सामना गर्नेछ।
त्यस्तै, मंगलबारको दोस्रो खेलमा होङवान्जी न्यु डायमन्डले एभरेष्ट भलिबल क्लबलको सामना गर्नेछ भने पुरुषतर्फको मंगलबारको पहिलो खेलमा टिपटप हेल्प नेपालले प्रदेश दुईको सामना गर्नेछ। त्यस्तै, अर्को खेलमा मणिमुकुन्द भलिबल क्लबले गण्डकी प्रदेशको सामना गर्नेछ।
साथै त्रिभुवन आर्मी क्लबले नयाँबजर समाजिक क्लबको सामना गर्नेछ। मंगलबारको अन्तिम खेलमा बुढानिलकण्ठ क्लबले ढोरपाटनको सामना गर्नेछ।
अहिलेसम्मको तालिकामा पुलिसले दुई खेल जितिसकेको छ भने गलकोट स्पोर्टस् क्लबले पनि दुई खेल जितेको छ।