शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • कियाको सब-कम्प्याक्ट एसयूभी सोनेट नेपालमा बिक्री सुरु, यस्ता छन् विशेषता

कियाको सब-कम्प्याक्ट एसयूभी सोनेट नेपालमा बिक्री सुरु, यस्ता छन् विशेषता

दक्षिण कोरियाली अटो निर्माता कियाको बहुप्रतीक्षित सब-कम्प्याक्ट एसयूभी सोनेट नेपाली बजारमा भित्रिएको छ।
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

काठमाडौं- दक्षिण कोरियाली अटो निर्माता कियाको बहुप्रतीक्षित सब-कम्प्याक्ट एसयूभी सोनेट नेपाली बजारमा भित्रिएको छ। नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यो एसयूभी नेपाल भित्र्याएको हो।

triton college

कम्पनीले केही समयअघि सोनेटको प्रि-बुकिङ खुला गरेकामा सब-कम्प्याक्ट एसयूभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ। सोनेट कियाको भारतस्थित प्लान्टमा निर्मित दोस्रो एसयूभी हो। यसअघि कन्टिनेन्टलले कियाको भारतीय प्लान्टमै निर्मित सेल्टोस नेपाली बजारमा ल्याएको थियो।

पछिल्लोपटक नेपाल भित्रिएको सोनेट भारतमा अत्याधिक रुचाइएको पेसेन्जर भेइकलमा पर्छ। गत सेप्टेम्बर १८ मा भारतीय बजारमा डेब्यू गरेको सोनेट १२ दिनमै ९ हजार २ सय ६६ युनिट बिक्री भएको थियो, जुन यस सेग्मेन्टका स्थापित सवारीसाधनहरुको भन्दा बढी बिक्री हो।

नवप्रवेशी सोनेट र सेल्टोसको लोकप्रियताकै कारण भारतीय बजारमा गत सेप्टेम्बरमा कियाका गाडीको बिक्री अघिल्लो वर्षको सोही महिनाको तुलनामा १४७ प्रतिशतले बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

कम्पनीले यसपटक सोनेटका तीनवटा अप्सन (एचटीई, एचटीके प्लस एटी र एचटीएक्स) नेपाली बजारमा पेस गरेको छ।

corrent noodles
Metro Mart

कम्पनीले ५७ लाख ९० हजार मूल्यको फुल अप्सन जीटीएक्स प्लस पनि नेपाली बजारमा प्रस्तुत गरेको छ। यसमा ६ वटा एयरब्याग र ईएससी/भीएसडब्लू/एचएसी, हाइलाइन टीपीएमएस, बीओएसई प्रिमियम ७ स्पिकर सिस्टम, १०.२५ एचडी टचस्क्रिन, कुलिङसहितको वायरलेस फोन चार्जर, आवाज पहिचान गर्ने ‘हेल्लो किया’, पूर्ण लेदरको सिट तथा डोर प्यानल (कालो) र चालक तथा यात्रुका लागि भेन्टिलेटेड सिट छन्।

त्यसैगरी, भाइरस प्रोटेक्सनसहितको स्मार्ट प्योर एयर प्युरिफायर, रेड क्यापसहितको आर-१६ क्रिस्टल एलोय ह्‌विल, एलईडी साउन्ड मुड ल्याम्प, फ्रन्ट पार्किङ सेन्सर, हाई ग्लोस, ब्ल्याक फिनिस एसी भेन्ट्स गार्निस, टर्बो सेप्ड मस्कुलिन स्किड प्लेट, बेल्ट लाइन-क्रोम, स्पोर्टी अलो पेडल्स, एडभान्स्ड १०.६७ सेमी कलर इन्स्ट्रुमेन्ट क्लस्टर, अटो एन्टिग्लेर रियर भ्यू मिरर, स्मार्टवाच कनेक्टिभिटी र जीटीलाइन रेड प्याकेजजस्ता विशेषता यसमा छन्।

उचाइ ५ फिट ४ इन्च रहेको सोनेटको लम्बाइ १३ फिट १ इन्च छ। त्यसैगरी, चौडाइ ५ फिट ८ इन्च र ह्विलबेस ८ फिट २ इन्च रहेको कम्पनीले जनाएको छ। यसको ग्राउन्ड क्लियरेन्स ७ इन्च (२ सय ११ मिलिमिटर) र बुट स्पेस ३ सय ९२ लिटरको छ।

प्रकाशित: Nov 23, 2020| 10:15 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्