बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपा अध्यक्ष दाहाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

नेकपा अध्यक्ष दाहाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

दाहाल र यान्छीबीच खुमलटारमा बिहान करिब ३० मिनेट वार्ता भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

काठमाडौं– सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा रहेका बेला चिनियाँ राजदूत होउ यान्छीले सोमबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन्।

triton college

दाहाल र यान्छीबीच खुमलटारमा बिहान करिब ३० मिनेट वार्ता भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार तीनवटा विषयमा दाहाल र यान्छीबीच कुराकानी भएको छ।

दुईदेशबीचको सम्बन्ध, चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक प्रदान र चाडपर्वको शुभकामना आदानप्रदान।

तर, स्रोतका अनुसार दाहालसँगको भेटमा नेकपाभित्र पछिल्लो समय देखिएको विवाद र समाधानका विषयमा पनि राजदूत यान्छीले चासो राखेकी थिइन्। 

corrent noodles
Metro Mart

केही दिनअघि राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेकी थिईन्। नेकपाभित्र विवाद बढ्दै जाँदा राजदूत यान्छीको सक्रियता पनि बढ्ने गरेको छ।

१३ मंसिरलाई तोकिएको सचिवालयको बैठक नजिकिन लाग्दा पनि नेकपाभित्रको विवाद समाधान हुने संकेत देखिएको छैन। दुवै पक्षले आफ्ना पक्षका भेट र छलफल गर्दै आगामी रणनीति बनाइरहँदा पार्टी फुटको संघारमा पुगेको धेरैको अनुमान छ।

चिनियाँ रक्षा मन्त्री वेइ फेङहे पनि अर्को साता काठमाडौं आउँदै छन्। यस विषयमा पनि दाहालसँग यान्छीले कुराकानी गरेको बताइएको छ।

प्रकाशित: Nov 23, 2020| 06:11 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।