बुधबार, वैशाख १२, २०८१

सुक्खायाममा भारतबाट २५० मेगावाट विद्युत् आयात गरिने

सुक्खायाममा भारतबाट २५० मेगावाटसम्म विद्युत् आयात गर्ने तयारी गरिएको छ।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं– सुक्खायाममा भारतबाट २५० मेगावाटसम्म विद्युत् आयात गर्ने तयारी गरिएको छ।

triton college

माघ, फागुनमा जलसतह कम हुने कारणले प्राधिकरण र निजी क्षेत्रका आयोजनाबाट कम विद्युत् उत्पादन हुने भएकाले व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्न लागिएको हो। 

नेपाल विद्युत् प्राधिकरणले सन् २०२० डिसेम्बर १ देखि २०२१ जुनसम्मका लागि विद्युत् आयातका लागि भारतसँग आग्रह गरेको थियो। प्राधिकरणको आग्रहलाई भारतले स्वीकृति दिइसकेको छ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार २५० मेगावाटमध्ये ८० देखि १५० मेगावाट विद्युत् २४सै घण्टा आयात हुने छ। बाँकी भने आवश्यक पर्दा मात्रै लिने उनको भनाइ छ। 

हिउँदका लागि सहज विद्युत् व्यवस्थापनका लागि भारतसँग पहल गरेको प्राधिकरणले आन्तरिकरुपमा सवस्टेशनको मर्मत तथा सम्भारलाई समेत ध्यान दिएको छ।

corrent noodles
Metro Mart

ढल्केबर– खिम्ती १३२ केभी प्रसारण लाइनमा मर्मत गरी विद्युत् आयातलाई सहज बनाइएको प्राधिकरणले जनाएको छ। 
 

प्रकाशित: Nov 22, 2020| 08:28 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्