शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ : संक्रमित संख्या २५ हजार नाघ्यो, ८२ प्रतिशत संक्रमणमुक्त

प्रदेश १ : संक्रमित संख्या २५ हजार नाघ्यो, ८२ प्रतिशत संक्रमणमुक्त

संक्रमित मध्ये ८२.१० प्रतिशत निको भएका छन्। प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार १६७ छ।
 |  शनिबार, मंसिर ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०७७

विराटनगर– प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ । 

triton college

अहिलेसम्म १ लाख ८२ हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा २५ हजार ७६ जनामा संक्रमण देखिएको हो । परीक्षण गरिएकामध्ये १३.७३ प्रतिशतमा संक्रमण देखिएको छ । 

प्रदेशमा शनिबार १३५ जना थपिएसँगै कुल संक्रमितको संख्या २५ हजार ७६ पुगेको ५। शनिबार मोरंगमा ६८, झापामा ५४, सुनसरीमा ६, इलाम र धनकुटामा ३–३ र पाँचथरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार मोरङमा मात्र संक्रमितको संख्या ११ हजार ५२७ पुगेको छ । सुनसरीमा ७ हजार ८६४, झापामा ३ हजार ३७७,  उदयपुरमा ४४५, इलाममा २६३, संखुवासभामा २२४,  धनकुटामा १६८, पाँचथरमा १०६, ते¥हथुममा १०३, खोटाङमा ७८, भोजपुरमा ७१, ताप्लेजुङमा ५२, ओखलढुङमा ४४, सोलुखुम्वुमा २५ र प्रदेश १ बाहिरका ७२९ जनामा संक्रमण देखिएको छ । 

शनिबार सम्ममा प्रदेश १ बाट २० हजार ५८८ जना संक्रमणमुक्त भएका छन् । 

corrent noodles
Metro Mart

संक्रमित मध्ये ८२.१० प्रतिशत निको भएका छन्। प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार १६७ छ। तीमध्ये ३ हजार ९९३ जना होमआईसोलेसनमा छन् भने १७४ जना अस्पताल तथा आईसोलेसन सेन्टरमा छन् । 

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङबाट ९ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् ।   सुनसरीका ६ हजार ७६३, झापाका २ हजार ४४८, उदयपुरका ३४५, इलामका २०९, संखुवासभाका १६१, धनकुटाका १११, ते¥हथुमका ६३, पाँचथरका ५६, खोटाङका ५३, भोजपुरका ५२, ओखलढुङ्का ३९, ताप्लेजुङका ३५, सोलुखुम्बुका १९ र प्रदेश १ बाहिरका ५२८ जना निको भएको मन्त्रालयले जनाएको छ । 

शनिबार प्रदेश १ बाट ३६८ जना निको भएका छन् । होमआईसोलेसनबाट ३६५ र न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन । 

प्रदेशमा कोरोना संक्रमणबाट कुल ३२१ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये २४ जना प्रदेश १ बाहिरका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीका ११७, मोरङका ९९, झापाका ५९, उदयपुरका ७, धनकुटाका ६,  ते¥हथुमका ४, ताप्लेजुङ र इलामका २–२, पाँचथरका १ र अन्य प्रदेशका २४ जनाको मृत्यु भएको हो । 

प्रकाशित: Nov 21, 2020| 12:07 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।