हेटौँडा– हेटौँडा उपमहानगरपालिका–१६ मा रहेको शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ।
विद्युत् प्रवाह चुहावट भएर उद्योगको कोइला च्याम्बरमा शनिबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको उनले बताए। स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो निभाइएको थियो।