बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • इजरायलका प्रधानमन्त्रीले भने - इरानको परमाणु कार्यक्रमले हद पार गर्‍यो

इजरायलका प्रधानमन्त्रीले भने - इरानको परमाणु कार्यक्रमले हद पार गर्‍यो

इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटले इरानको परमाणु कार्यक्रमले आफ्नो हद पार गरेको बताएका छन्।
 |  सोमबार, असोज ११, २०७८

बीबीसी

बीबीसी

सोमबार, असोज ११, २०७८

न्युयोर्क- इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटले इरानको परमाणु कार्यक्रमले आफ्नो हद पार गरेको बताएका छन्। 

triton college

उनले भने, 'इरानको परमाणु कार्यक्रम एक महत्वपूर्ण मोडमा छ। इरानले परमाणु कार्यक्रम अघि बढाउन सबै हद पार गरिसकेको छ। अनुसन्धानलाई नजरअन्दाज गरिरहेको छ। इरान इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सीसँग गरिएको सुरक्षा सम्झौता उल्लंघन गरिएको छ।'

इरानले अहिले ६० प्रतिशतसम्म युरेनियम सम्बर्द्धन गरिरहेको पनि बताएका छन्। हतियार बनाउने क्षमता हासिल गर्न एक कदममात्रै पछाडि रहेको इरानलाई उक्त क्षमता हासिल गर्न नदिनेसमेत बताएका छन्। 

संयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बेनेटले इजरायल स्वतन्त्रताको अपेक्षा गरिरहेको र यसलाई नै समर्थन गर्नु नैतिकरुपमा पनि सही हुने उनले बताएका छन्। 

उनले भने, 'इजरायलमाथि आक्रमण गरेर नैतिकरुपमा ठूलो बन्‍न सकिँदैन। मध्यपूर्वको एक मात्र लोकतान्त्रिक देशसँग लड्दा जागृत भइँदैन। इजरायलको वास्तविकता नथापाएर बनावटी कुरामा लाग्‍नु हुँदैन।' 

corrent noodles
Metro Mart

उनले इजरायमाथिको आक्रमण बन्द गर्न आग्रह गरेका हुन्। उनले इजरायल तुफानले घेरिएको समुद्रमा लाइटहाउसजस्तै भएको बताए। 

इजरायली नागरिकहरु बिहान उठ्नेबित्तिकै युद्धका बारेमा नसोच्‍ने उल्लेख गर्दै भने, 'इजरायलीहरु पनि एक राम्रो जिन्दगी जिउन चाहन्छन्। उनीहरुले पनि आफ्नो परिवारलाई खुसी दिन चाहन्छन्। आफ्नो सन्तानको उत्कृष्ट भविष्यको चाहना राख्छन्। तर, बाध्यता यस्तो आइदिन्छ कि हामीले हाम्रो खुसी र परिवारलाई छोडेर देशको रक्षाका लागि युद्ध मैदानमा होमिनुपर्छ।' 

उनले भने, 'इजरायलको लोकतन्त्रमा विविधता छ। विश्‍वमा आफ्नो खोज र अनुसन्धानका माध्यमबाट योगदान गरिरहेको छ।'

उनले थपे,'गत साता सुरु भएको नश्‍लवाद उन्मुलन कार्यक्रमको २० औं वार्षिकोत्सव समारोहमा ३८ मुलुकहरुले भाग लिएनन्। यो समारोह वास्तवमा नश्लवादविरुद्ध सुरु गरिएको थियो। तर, पछिल्लो समय यो कन्फरेन्स केवल इजरायल र यहुदीहरुविरुद्धको नश्‍लवादको रुपमा प्रयोग गरिरहेका छन्। 

प्रकाशित: Sep 27, 2021| 22:05 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।