बिहीबार, वैशाख १३, २०८१

नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थप

नेपाल प्रहरीमा यसअघि १६ एआईजी र ४१ डीआईजीको दरबन्दीसमेत कायम गरिएको थियो।
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं– नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप भएको छ। मन्त्रिपरिषद्को बैठकले दरबन्दी थप्ने निर्णय गर्दै स्वीकृत गरेको हो।

triton college

केही दिनअघि निर्णय भए पनि स्वीकृत भएर बिहीबारमात्रै गृह मन्त्रालयमा दरबन्दी स्वीकृतको पत्र प्राप्त भएको गृहका एक अधिकारीले जानकारी दिए। उनका अनुसार पाँचजना डीआईजीको दरबन्दी थपका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो। तर, मन्त्रिपरिषद्ले एक एआईजीको दरबन्दी पनि थप गरेको छ। 

नेपाल प्रहरीमा हाल प्राविधिकसहित चारजना एआईजी रहेकोमा एक दरबन्दी थप भएसँगै अब एआईजीको संख्या पाँच पुगेको छ भने डीआईजीको संख्या १९ पुगेको छ। गत चैतमा १२ डीआईजीको दरबन्दी कटौती गरेर १४ बनाइएको थियो। अब ५ थप भएसँगै १९ पुगेको छ। 

नेपाल प्रहरीमा यसअघि १६ एआईजी र ४१ डीआईजीको दरबन्दीसमेत कायम गरिएको थियो। सरकारले विभिन्न समयमा नेपाल प्रहरीमा दरबन्दी कहिले थप्ने त कहिले कटौती गर्दै आइरहेको छ। 

थपिएको दरबन्दीमा एआईजी बढुवा हुने व्यक्ति नै अहिलेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अनिवार्य अवकाश पाएपछि प्रहरी महानिरीक्षक बन्नेछन्। 

corrent noodles
Metro Mart

नयाँ दरबन्दी कायम भएसँगै प्रहरीमा रोकिएको बढुवा अगाडि बढ्ने देखिएको छ। थपिएको एक एआईजीको दरबन्दीमा बढुवाका लागि प्रमुख दाबेदारका रुपमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेल देखिएका छन्। थपिएको एआईजीको दरबन्दी पनि उक्त कार्यालयमा नै राखिएको छ। 

केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीआईजी सहकुल थापा र प्रदेश नम्बर २ का डीआईजी धिरजप्रताप सिंह पनि भावी आईजीपीको प्रमुख दाबेदार हुन्। 

तर, अहिले थपिएको एआईजीमा तत्कालै उनीहरुको बढुवा हुन सक्ने अवस्था देखिँदैन। पोखरेल सिनियर डीआईजी भएकाले उनी नै एआईजीमा बढुवा हुन सक्ने देखिएको छ। 

प्रकाशित: Nov 19, 2020| 11:11 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।