काठमाडौं- धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ।
धनुषाधाम नगरपालिका– ६ का वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहीबार बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नगरपालिका प्रमुख बालेश्वर मण्डलले जानकारी दिए।
७० वर्षीय मोक्तानकोलाई एक हप्ता पहिले ज्वरो आएपछि अस्पताल भर्ना भएका थिए। कोरोना विशेष अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
मोक्तानको गत सोमबार मात्रै कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको थियो। उनी तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।