शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • वर्ल्डलिंकको दसैं अफर, पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार

वर्ल्डलिंकको दसैं अफर, पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार

बडा दसैंको अवसरमा देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले आकर्षक अफर सार्वजनिक गरेको छ।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं- बडा दसैंको अवसरमा देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेजसहितको परिमार्जित प्याकेज ल्याएको हो।

triton college

कम्पनीको दसैं अफरमा प्रयोगकर्ताले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन्। जसमा एउटा नेटटिभी समेत निःशुल्क रुपमा उपलब्ध हुनेछ। यसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ। यद्यपि छ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले समेत दसैं अफरमा सहभागिता जनाउन सक्नेछन्। 

निकै लामो समयपछि वर्ल्डलिंकले ल्याएको छ महिने प्याकेजको मूल्य ७९०० रुपैयाँ राखिएको छ। यो प्याकेज लिने ग्राहकलाई एउटा नेट टिभीसहित ४० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक एक हजार ३१७ रुपैयाँ पर्नेछ।

त्यस्तै कम्पनीले वार्षिक सब्सक्रिप्सन लिने ग्राहकका लागि मासिक १२०० रुपैयाँमै  दुईवटा नेट टिभीसहितको ६० एमबीपीएस इन्टरनेट प्याकेजसमेत ल्याएको छ। यही प्याकेज छ महिने अवधिका लागि खरिद गर्ने ग्राहकलाई भने मासिक १४३४ रुपैयाँ पर्नेछ ।

कम्पनीले कुनै पनि वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई निःशुल्क जडानसहित चाडपर्व उपहारको रुपमा करिब २० हजार मूल्य पर्ने सेवा तथा सुविधासमेत उपलब्ध गराउने छ। जसमा ग्राहकले नेटटिभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाई(फाई रोमिङ र नेटटिभी प्राइम ९ओटीटी० सब्स्क्रिप्सन प्राप्त हुनेछ।

corrent noodles
Metro Mart

प्रकाशित: Sep 27, 2021| 20:09 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्