काठमाडौं– प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ।
नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जङ्गी अड्डामा प्रधानसेनापति र राजदूतबीच भेटवार्ता भएको हो।
भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ।