बिहीबार, वैशाख १३, २०८१

दसैैंतिहारका बेला कास्की प्रहरीमा ७३ मुद्दा दर्ता

दसैंतिहारका बेला कास्की प्रहरीमा ७३ मुद्दा दर्ता भएका छन्। सबैभन्दा बढी सार्वजनिक हितविरुद्धको कसुरमा १४ मुद्दा दर्ता भएका छन्।
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

पोखरा– दसैंतिहारका बेला कास्की प्रहरीमा ७३ मुद्दा दर्ता भएका छन्। सबैभन्दा बढी सार्वजनिक हितविरुद्धको कसुरमा १४ मुद्दा दर्ता भएका छन्। लागूऔषधमा पाँच, जबरजस्ती करणीमा दुई, मानव बेचबिखनमा एक,

triton college

चोरीमा नौ, ठगीमा तीन, कर्तव्य ज्यानमा दुई, ज्यान मार्ने उद्योगमा दुई, बैंकिङ कसुरमा सात र जुवामा चार मुद्दा परेका छन् । 

जुवा मुद्दामा २५ जना पक्राउ परेका छन्। उनीहरुको साथबाट ६ लाख २२ हजार ९४५ रुपैयाँ नगद बरामद गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए। 

जबरजस्ती करणी मुद्दामा दुई जना पक्राउ परेका छन्। चोरी मुद्दामा १३ पुरुषलाई नियन्त्रणमा लिइएको छ।  

लागूऔषध मुद्दामा ६ जना पक्राउ परेको छन्। उनीहरुको साथबाट ११ एम्पुल ब्रुफिनर्फिन, डाइजापाम र फेनेरागन बरामद गरिएको छ। नाइट्रोभ्याट १३६ चक्की र गाँजा ११० ग्राम फेला पारिएको छ। 

corrent noodles
Metro Mart

९०० जनामाथि ट्राफिक कारबाही

दसैंतिहारका बेला कास्कीमा ९०० सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुुसार कात्तिकमा ती व्यक्तिलाई कारबाही गरिएको हो। उनीहरुबाट सात लाख १४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले जानकारी दिए। 

असोजमा दुई हजार ६५० जना व्यक्तिबाट ट्राफिक कारबाहीस्वरुप १९ लाख ८ हजार ५०० रुपैयाँ राजस्व उठाइएको थियो।

मोटरसाइकल जलाउने पक्राउ 

असोज २६ मा पोखरा १७ का सन्तोष अर्यालले दुई मोटरसाइकललाई पार्किङ गरी राखे। एकएक बुलेट बाइक र होन्डाका बाइक उनले पार्किङमा राखे पनि भोलिपल्ट बिहान अर्र्याल उठेर हेर्दा आफ्ना दुवै बाइक डढेको भेट्टाए। उनले प्रहरीलाई खबर गरेपछि प्रहरीले छानबिन अगाडि बढायो। 

प्रहरीले उक्त ठाउँमा रहेको सीसीटीभी क्यामराको फुटेज हे¥यो। फुटेजका आधारमा दुई बाइक जलाएको आरोपमा पोखरा १७ कै दिवस रानाभाटलाई प्रहरीले पक्राउ गरेको छ।

रानाभाट आफ्नो स्कुटरमा गएर बाइक जलाएको देखिएकाले उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए। 

रानाभाटले प्रारम्भिक बयानमा पेट्रोल चोर्न खोज्दा आगलागी भएको बताएका छन्। ‘स्कुटरमा पेट्रोल सकिएपछि चोर्न गएको थिएँ, चुरोट खाइरहेकाले आगलागी भयो,’ रानाभाटको भनाइलाई उद्धृत गर्दै प्रहरी प्रमुख श्रेष्ठले भने। 

प्रकाशित: Nov 18, 2020| 11:33 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।