बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • मंगलबार मन्त्रिपरिषद् विस्तारको तयारी, एमाले सांसदलाई राजीनामा दिन बाबुरामको चुनौती [२०७८-६-११]

मंगलबार मन्त्रिपरिषद् विस्तारको तयारी, एमाले सांसदलाई राजीनामा दिन बाबुरामको चुनौती [२०७८-६-११]

स्रोतका अनुसार विरोध खतिवडाको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ। खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आले, किसान श्रेष्ठ र जीवनराम श्रेष्ठ मन्त्री बन्ने पक्का भएको स्रोतको दाबी छ।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

मंगलबार मन्त्रिपरिषद् विस्तारको तयारी 

triton college

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने नेताहरुको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेसँगै एकीकृत समाजवादीले सरकारमा सामेल हुनेको नाम टुंगो लगाएको हो। 

स्रोतका अनुसार विरोध खतिवडाको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ। खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आले, किसान श्रेष्ठ र जीवनराम श्रेष्ठ मन्त्री बन्ने पक्का भएको स्रोतको दाबी छ। अध्यक्ष नेपालले सांसदहरूसँगको छलफलपछि मन्त्रीहरुको नाम तय गरेका हुन्। 

एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति पर्यटन तथा नागिरक उड्डयन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाउने भएको छ। समाजवादीले मागेका मन्त्रालय दिन प्रधानमन्त्री देउवा तयार भएका छन्। राजनीतिक दलसम्बन्धी अध्यादेश आज फिर्ता लिएर भोलि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ। 

संसद् बैठक नरोक्न सभामुखले गराए एमालेको ध्यानाकर्षण

corrent noodles
Metro Mart

सभामुख अग्नीप्रसाद सापकोटाले संसद बैठक सूचारु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई पुनः आग्रह गरेका छन्। सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै वेलमा नारा लगाउन पुगेका एमालेका सांसदहरुलाई उनले आफू विरुद्ध लगाइएको मुद्धा अदालतमा विचाराधिन रहेको उल्लेख गर्दै ती मुद्धाहरुमा प्रतिकूल हुने गरी संघीय संसदमा छलफल गर्न नमिल्ने कुरा पनि स्मरण गराए। उनले अति आवश्यक विधेयकहरु पारित गरेर जानुपर्ने भएकाले पनि संसद बैठक अवरुद्ध पारिरहन नमिल्नेतर्फ पनि एमालेका सांसदहरुको ध्यानाकर्षण गराए। 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन्। सोही मुद्धा अदालतमा विचाराधिन रहेकाले न्याय निरुपणमा प्रतिकूल असर हुने गरी संसदमा ती विषयमा छलफल गर्ने नमिल्ने सभामुख सापकोटाको तर्क थियो। यसैबीच सभामुख सापकोटाले एमाले सांसद्हरुको नाराबाजीका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेको विनियोजन विधेयक २०७८ पढेर सुनाए।

माधव नेपाललाई कारबाही गर्ने एमालेको माग सम्बोधन गर्न सकिन्न : कांग्रेस

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख अग्नीप्रसाद सापकोटाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग सम्बोधन गर्न नसक्ने बताएका छन्।

महामन्त्री कोईरालाले अध्यादेशबाट दल विभाजन भईसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदहरुलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिएका हुन्। 

महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको पनि जानकारी दिए। 

एमाले सांसदलाई राजीनामा दिन बाबुरामको चुनौती

सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले संसदलाई २/२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी गरे। 

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिए। 

अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको टिप्पणी गरे। 

चुडामणि शर्मासँग ५० लाख धरौटी माग

कर फर्स्योट आयोगमा रहेर भ्रष्टाचार गरेको आरोप लागेका आन्तरिक राजस्व विभागमा तत्कालीन महानिर्देशक चूडामणि शर्मासँग विशेष अदालतले ५०  लाख रूपैयाँ धरौटी मागेको छ।

सोमबार अदालतमा हाजिर भएका उनलाई थुनछेक बहसपछि ५० लाख रुपैयाा धरौटी मागेको हो। धरौटी बुझाएर शर्मा रिहा भएका छन्। न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासमा उनको बयान भएको थियो।

कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

शर्मासहितका पदाधिकारीले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानी नोक्सानी पुर्‍याई बदनियतपूर्ण काम गरेको स–प्रमाण पुष्टि भएको अख्तियारको दावी छ। 

बजेटसम्बन्धी दुई विधेयक राष्ट्रिय सभाबाट पारित

राष्ट्रियसभाले बजेटसँग सम्बन्धित दुई वटा विधेयक पारित गरेको छ।

सोमबार बसेको राष्ट्रियसभाको बैठकले प्रमख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधका बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको हो।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले एमालेको बिरोधका बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि दफाबार छलफल अगाडि बढाउँदा कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि विधेयक बहुमतले पारित भएको घोषणा गरे।

प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रियसभामा पठाइएका यी दुई विधेयकलाई राष्ट्रियसभाले पुनः पारित गरी प्रतिनिधिसभामै पठाएको हो। 

नेपाललाई कालोसूचीमा पार्ने प्रयास भइरहेको छ : एमाले सांसद 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई कालोसूचिमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा लुटिएका करिव २१/२२ अर्ब कालोधनलाई बैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै उहाँले अव नेपाललाई नै सरकारले कालोसूचिमा पार्ने प्रयास गरिरहेको आरोप लगाए। सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले संचारकमीसँग भने– लुटिएको धनलाई बैधानिकता दिन खोज्दा मुलुक कालो सूचीमा पर्ने जोखि बढेको छ। 

सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसदलाई सूचारु गराउन पहल नगरेको तर्क समेत गरे। 

भूमि आयोग खारेज गर्ने निर्णयको फाइल पेस गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णयको फाइल पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरिदिएपछि त्यसविरुद्ध तत्कालीन आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले सर्वोच्चमा रिट दायर गरेका थिए। ज्ञवालीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगानको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो। तर ज्ञवालीले माग गरेअनुसार सर्वोच्चले अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ।

ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको ४ दिनमा नै सरकारले भदौ २९ मा केशव निरौलाको नेतृत्वमा नयाँ आयोग गठन गरेको थियो। यसअघि सर्वोच्चले सोमबार दुवै पक्षलाई छलफलमा बोलाएको थियो। छलफलबाट सोमबार यस्तो आदेश दिएको हो। 

सोमबार पनि घट्यो सेयर बजार

साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ। सोमबार ६१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३ दशमलव ०५ अंकले घटेर २ हजार ६ सय ८५ दशमलव ४१ अंकमा झरेको छ। नेप्से परिसूचक २ प्रतिशत भन्दा बढीले घटेको हो। 

सोमाबार परिसूचक मात्रै नभएर कारोबार रकम पनि घटेको छ। हिजो आइतबार ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ५ अर्ब १२ करोडमा सीमित भयो। यस दिन सबै समूहहरु राताम्मे भएका छन्। 

बैंकिङ ४४, ब्यापार ४१, होटल तथा पर्यटन ९०, विकास बैंक १९४, जलविद्युत ८०, फाइनान्स ११२, निर्जीवन बीमा ४३९, उत्पादन १०४, अन्य ४६, माइक्रोफाइनान्स १३२, जीवन बीमा ४३७ र लगानी समूह २ अंकले घटेका छन्। 

मल भण्डारणमा समस्या छ : कृषि सचिव आचार्य

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले नेपालमा अबको समस्या मल भण्डारण र वितरण भएको बताएका छन्। 

सोमवार ललितपुरमा मलखाद व्यवसायी संघ नेपालको पाचौँ साधारण सभा तथा दोस्रो महाधिवेशनमा बोल्दै कृषि विकास सचिव आचार्यले नेपालमा अबको समस्या मल स्टोरेज र वितरण भएको बताएका हुन्। उनले स्टोरेज गर्ने कुरा साल्ट ट्रेडिङ वा कृषिको गोदाम मात्रै नभएर कसरी लैजाने र कहाँ जम्मा गरेर राखिरहेका छौँ भन्ने कुरा मुख्य रहेको बताए।

कार्यक्रममा मन्त्रालयका पशुपंक्षी विकास सचिव डा. गोविन्दप्रसाद शर्माले मलमा कृषकहरुका लागि फार्म, फर्म र फ्याक्ट्रीको आवश्यक रहेको बताए। उनले यसका लागि वितरण व्यवस्थापन, सप्लाइ र समुचित व्यवस्थापनको अत्याधिक भूमिका र महत्व रहेको औँल्याए। 

त्यस्तै कार्यक्रममा कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले मलखादलाई सहकारी बाहेकको जस्तो संगठन बनाउन खोजेको आरोप लगाए। उनले  मलखादले विधान परिमार्जन गर्ने कुरा गरिरहेको भन्दै संगठनलाई खुला बनाएर लैजान अनुरोध गरे।

१२८२ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १५ हजार ४८८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाबाट प्राप्त नतिजा अनुसार पीसीआर परीक्षणबाट ९७५ जना र एन्टिजेन परीक्षणबाट ३०७ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २६२जना कोरोना मुक्त भएका छन्। कोरोनाबाट ७ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ७ लाख ६२ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १०३ जना कोराना संक्रमितको मृत्यु भएको छ।

जर्मनीमा मर्केलको पार्टी पराजित 

जर्मनीमा सम्पन्न आम चुनावको मतगणनामा चान्सलर एंगेला मर्केलका उत्तराधिकारी आर्मिन लोशेट पराजित भएका छन्।  डेढ दशक जर्मन सत्ता सम्हालेकी चान्सलर एन्जेला मर्केलको पार्टीलाई पराजित गर्दै मध्य–वामपन्थी दल सोसल डेमोक्रेट्सले मतको ठूलो हिस्सामा जित हासिल गरेको छ। 

सबै निर्वाचन क्षेत्रका गणना गर्दा सोसल डेमोक्रेट्सले २५ दमलव ७ प्रतिशत अर्थात २०६ सिट जितेको छ। मर्केलको पार्टी युनियन ब्लकले २४ दशमलव १ प्रतिशत मत अर्थात् १ सय ९६ सिट जितेको निर्वाचन अधिकारीहरूले जानकारी दिए। 

वातावरणवादी ग्रीन पार्टी तेस्रो स्थानमा आएको छ। फ्री डेमोक्रेट्सले ११ दशमलव ५ प्रतिशत मत हासिल गरेको छ। यस्तै, चरम दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनीले १० दशमल ३ प्रतिशत र लेफ्ट पार्टीले ४  दशमल ९ प्रतिशत मत पाएका छन्

ईपीएको खेल आज पनि स्थगित

एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज तय भएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स बीचको खेल स्थगित भएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदान खेल्न लायक नभएकोले खेल नहुने भएको हो। खेल टस नै नभई स्थगित भएको हो। अघिल्लो दिनको वर्षाका कारण मैदान भिजेकोले ९:३० मा सुरु हुनुपर्ने खेल निर्धारित समयमा टस हुन नसकेपछि खेल हुन सकेन।

 आयोजकले खेल पुनः अर्को हुन सक्ने सम्भावना हुने जनाएको छ। त्यसका निर्णय टेक्निकल कमिटीले गर्ने आयोजकले जनाएको छ। खेल स्थगित भए पनि अंक भने बाँडिएको छैन।

भिडियोमा हेर्नुहोस्

प्रकाशित: Sep 27, 2021| 20:04 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।