बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको सचिवालय बैठक १ बजे नै बस्ने, बैठक 'फेस' गर्न ओली तयार

नेकपाको सचिवालय बैठक १ बजे नै बस्ने, बैठक 'फेस' गर्न ओली तयार

अन्तिम समयमा आएर ‌ओली बैठकको सामना गर्न तयार भएका छन् । दिउँसो १ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठक २ बजेलाई सारेका छन् । 
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौं- आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपाको सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। 

triton college

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक सार्न पटक पटक आग्रह र ताकेता गरे पनि बैठक आजै १ बजे बस्ने भएको हो। 

बैठकका विषयमा जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्व निर्धारित कार्यक्रम अनुसार आज दिउँसो १ बजे बालुवाटारमा बस्न लागेको बताए । 

यसअघि गत शुक्रबार बसेको सचिवालय बैठकले मंसिर ३ गते बुधबार दिउँसो १ बजे बैठक बस्ने गरी मिति तय गरेको थियो । शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनसमेत पेश गरेका थिए । 

प्रतिवेदनमा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको, ओलीकै कारण पार्टीमा समस्या आएको लगायतको आरोप लगाइएको छ । 

corrent noodles
Metro Mart

उक्त प्रतिवेदनपछि तनावमा देखिएका ओली बैठक सार्न बुधबार बिहानसम्म पनि प्रयासरत थिए । बैठक नसर्ने अवस्था बनेपछि उनले दिउँसो १ बजेकै लागि मन्त्रिपरिषद्को बैठक डाकेका थिए । 

अन्तिम समयमा आएर उनी बैठकको सामना गर्न तयार भएका छन् । दिउँसो १ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठक २ बजेलाई सारेका छन् । 

कम्तिमा १ घण्टा भए पनि बैठकमा बस्ने र नेताहरुको कुरा सुन्ने पक्षमा ओली पुगेको स्रोतले बताएको छ । उनी निकटका नेताहरुले नै बैठकबाट नभाग्न भनेपछि उनी बैठकमा बस्न तयार भएका हुन् । 
 

प्रकाशित: Nov 18, 2020| 05:20 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।