बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेतृत्वले विवेक गुमाउँदा नेकपा एकता संकटमा : मुख्यमन्त्री पोखरेल

नेतृत्वले विवेक गुमाउँदा नेकपा एकता संकटमा : मुख्यमन्त्री पोखरेल

‘आज नेताहरु जुन मुद्दा अपनाएर बहस गर्दै हुनुहुन्, त्यहाँ पार्टी छैन गुट छ। नेतृत्वले विवेक गुमाउनेबितिक्कै पार्टी बिग्रन्छ भन्ने मलाई लाग्दैन। नेतृत्वलाई सम्हाल्छौं र हामी फेरि जोड्छौं।’
 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले  नेतृत्वले विवेक गुमाएको भन्दै आलोचना गरेका छन्। उनले अब आफूहरुले त्यसलाई जोड्ने बताए।

triton college

दाङमा आइतबार पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीता महराको श्रद्धाञ्जली सभामा बोल्दै नेता पोखरेल नेतृत्वले विवेक गुमाएकै कारण पार्टी एकता संकटमा परेको बताए।

‘आज नेताहरु जुन मुद्दा अपनाएर बहस गर्दै हुनुहुन्, त्यहाँ पार्टी छैन गुट छ,’ उनले भने, ‘नेतृत्वले विवेक गुमाउनेबितिक्कै पार्टी बिग्रन्छ भन्ने मलाई लाग्दैन। नेतृत्वलाई सम्हाल्छौं र हामी फेरि जोड्छौं।’

उनले नेतृत्वले जे गर्छ ठिक गर्छ भन्ने भ्रम पाल्न नहुने बताए। पोखरेलले नेतृत्वले गुमाएको विवेक फर्काउनुपर्नेमा जोड दिए।

‘यो मुलुकलाई एकता आवश्यक छ विभाजन होइन’, उनले भने, ‘एकतालाई पूर्ण बनाउनु यतिबेलाको आवश्यकता हो। यसमा सबै नेताकार्यकर्ता  संयम हुनुपर्छ।’ 

corrent noodles
Metro Mart

नेतृत्वले प्रस्ताव गरेको दस्तावेजमा पार्टी नभएर कुण्ठा रहेको भन्दै पोखरेलले त्यस्तो प्रकारको दस्तावेजबाट पार्टी निर्माण हुन नसक्ने बताए। 

‘नेतृत्व आपसी स्वार्थका लागि विवेक नगुमाऔं। बहस त गर्नुपर्छ आन्दोलन बहसबाटै निर्माण हुन्छ। तर, यतिबेलाको खाँचो के हो  एकतालाई पूर्णता दिनुपर्ने आवश्यकता प्राथमिकता हो,’ उनले भने, ‘आज हाम्रा हजारौं हजार कार्यकर्ताहरु जिम्मेवारविहीन हुनुहुन्छ। 
थुप्रै कमिटीहरु बन्न बाँकी छन्। त्यसतर्फ ध्यान खोइ।’

संक्रमणकाल अन्त्य नगरीकन गरिने विचारको बहसले पार्टीलाई कमजोर बनाउने उनको भनाइ छ।

‘केन्द्रीय कमिटीले भन्यो यति महिनाभित्रै एकता पूर्ण गर, स्थायी कमिटीले भन्यो १५ दिनभित्र एकतापूर्ण गर, सचिवालयले भन्यो १० दिनभित्र एकतापूर्ण गर,’ उनले भने, ‘त्यो काममा नेतृत्वको ध्यान नजानु नेतृत्वको कमजोरी हो भन्ने म ठान्छु। एकतापूर्ण गरिसकेपछि त महाधिवेशनमा हामी प्रवेश गर्छौं नै। महाधिवेशनमा प्रवेश गरेपछि सबै चिजको समीक्षा हुन्छ।’

 

प्रकाशित: Nov 15, 2020| 14:32 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।