बिहीबार, वैशाख १३, २०८१

ललितपुरमा आगलागीको घटना अध्ययन गर्न समिति

ललितपुर महानगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्रमा गत शुक्रबार अपराह्न भएको आगलागीको कारण पत्ता लगाउन समिति गठन गरेको छ। 
 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

triton college
corrent noodles
Metro Mart

ललितपुर- ललितपुर महानगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्रमा गत शुक्रबार अपराह्न भएको आगलागीको कारण पत्ता लगाउन समिति गठन गरेको छ। 

महानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेको संयोजकत्वमा अध्ययन समिति गठन भएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। उनले भने,  “आगलागी भएको एक सातामा अध्ययन प्रतिवेदन पेस गर्न निर्देशन दिएको छु। यस समितिले आगलागी हुनुको कारण, क्षति र अब यस्तो घटना नदोरिहन अपनाउनुपर्ने सुरक्षात्मक उपायसमेत प्रतिवेदनमा उल्लेख गर्नेछ।”

केन्द्रका प्रमुख सुरेन्द्रराज अवालेले आगलागी सुरु भएको एक घण्टामा आगो नियन्त्रण भएको भनाइ बताए। उनले भने, “चाडपर्व  परेका बेला अन्य समयभन्दा बढी फोहोर सङ्कलन हुन्छ र भइरहेको छ ।” 
समितिमा महानगरपालिकाका प्रवक्ता राजु महर्जन, नं ८ का वडाध्यक्ष हेम  महर्जन, फोहोरमैला केन्द्रका प्रमुख सुरेन्द्रराज अवाले, मेकानिकल इन्जिनियर पुष्कर भट्टराई छन्। रासस

प्रकाशित: Nov 15, 2020| 09:03 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।