शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • हरेक किसानले मासिक ३२ हजार कमाउने गरी कार्यक्रम सुरु गर्दै छु : मन्त्री भुसाल

हरेक किसानले मासिक ३२ हजार कमाउने गरी कार्यक्रम सुरु गर्दै छु : मन्त्री भुसाल

संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषिमा टिकिरहन मासिक आम्दानी राम्रो हुनुपर्ने बताएका छन्। उनले कृषि पेसा गर्दा परिवार चल्नुपर्ने बताएका छन्। 
 |  शनिबार, कात्तिक २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०७७

भैरहवा– संघीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिमा टिकिरहन मासिक आम्दानी राम्रो हुनुपर्ने बताएका छन्। उनले कृषि पेसा गर्दा परिवार चल्नुपर्ने बताएका छन्। 

triton college

‘कृषि पेसा गर्ने एउटा किसानको कम्तीमा पाँच जना परिवारका सदस्य हुने भएकाले सामान्यतया मासिक आम्दानी ३२ हजार हुनुपर्छ, अनि मात्र कृषकलाई कृषि पेसामा टिकाउन सकिन्छ’, मन्त्री भुसालले भने।  

छोराछोरी पढाउन, सामान्य किनमेल गर्न,औषधिउपचार गर्न र सामन्य वचत गर्ने गरी आम्दानीको बाटो तय नभएसम्म कुनैपनि पेसा नचल्ने उनको भनाइ थियो। ‘परिवार नचलेमा कृषि पेसा धराशयी हुन्छ’, उनले भने। 
 
कृषि विकासको लक्ष्य पाँच जनाको परिवारमा ३२ हजार भित्र्याउने राज्यको योजना हुनुपर्ने बताउँदै आफू त्यही टुंगोमा पुगेपछि त्यही अनुसार काम गर्न सुरु गरेको पनि उनले बताए।  

जेसीआई सिद्धार्थ नेपालको पुरस्कार वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री भुसालले भने, ‘हामीकहाँ कृषि घट्ने हाम्रा छोरा छोरीहरु यो मुलुक छोडेर कामका लागि विदेशतिर धाउनुपर्ने। यो कुरा सँगसँगै गाँसिएको छ। हाम्रो उत्पादन घट्दै छ, कृषिमा हामीले राम्रो गरेका छैनौँ। हाम्रा छोरा छोरीहरु कामको खोजीमा बाहिर जाँदै छन्।’ 

आफू मन्त्री भएपछि कृषिका विषयमा अध्ययन सकेर अहिले नीतिगत सुधारमा लागेको उनले जिकिर गरे।  उनले यसको परिणाम केही वर्षमा देखिने पनि बताए।  

corrent noodles
Metro Mart

 

प्रकाशित: Nov 14, 2020| 03:41 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।