काठमाडौं– इंग्लिस प्रिमियर क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।
उनलाई कोराना पुष्टि भएपछि इजिप्ट फुटबल एसोसिएसनले सूचना जारी गर्दै जानकारी दिएको हो। सूचना अनुसार उनलाई अहिले कुनै पनि लक्षण देखिएको छैन।
लिभरपुल फरवार्ड इजिप्टको टिमबाट अफ्रिका कप अफ नेसन्सको लागि उनी अहिले स्वदेशी टिममा थिए। उनीसँगै परीक्षण गराइएका अन्य खेलाडीको भने रिपोर्ट नेगेटिभ आएको छ।
कप अफ नेसन्सको छनोट अन्तर्गत इजिप्टले शनिबार टोगोसँग प्रतिस्पर्धा गर्नेछ। यता राष्ट्रिय टोलीका फरवार्ड अहिले होम आइसोलेसनमा छन्।