शनिबार, वैशाख ८, २०८१

विदेशी प्रकाशकका पुस्तक पैठारीमा भन्सार छुट

अर्थ मन्त्रालयले विदेशी प्रकाशकले प्रकाशन गरेका पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल हटएको जनाएको छ। 
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं-  अर्थ मन्त्रालयले विदेशी प्रकाशकले प्रकाशन गरेका पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल हटएको जनाएको छ। 

मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी नेपाली प्रकाशन गृहबाट प्रकाशित पुस्तक विदेशबाट छपाई गरी पैठारी गरेमा साविकबमोजिमको १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्थामा कुनै परिवर्तन नगरिएको स्पष्ट पारेको हो।
 
मन्त्रालयका प्रवक्ता रामेश्वर दङ्गालले यसबाट नेपाली प्रकाशन गृहबाट प्रकाशन हुने पुस्तक नेपालमा नै छपाइ हुने र नेपालमा रहेका मुद्रण उद्योगको संरक्षण तथा प्रवर्द्धनमा सघाउ पुग्ने बताए। 
मन्त्रिपरिषद्को यही कात्तिक २४ को बैठकले आर्थिक ऐन, २०७७ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा आर्थिक ऐन, २०७७ बमोजिम लाग्दै आएको भन्सार महसुल पूर्णरूपमा छुट दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ। 
 
मन्त्रालयका अनुसार आर्थिक ऐन,२०७५ले नेपाली प्रकाशक, वितरक वा एजेण्ट वा प्रतिलिपि अधिकार उल्लेख भएका पुस्तक नेपाल बाहिरबाट मुद्रण गरी पैठारी गरेमा छपाइ मूल्य (कागज, मुद्रणमा लागेको खर्च, भाडा र बिमा जोडी हुन आउने मूल्य) मा १५  प्रतिशत भन्सार महसुल लाग्ने तर विदेशी प्रकाशकको नाम उल्लेख भएर आएमा त्यस्तो पैठारीमा कुनै महसुल नलाग्ने व्यवस्था गरेको थियो।
 
यस्तै आर्थिक ऐन, २०७६ बाट स्वदेशी वा विदेशी जुनसुकै प्रकाशकको नाम उल्लेख भएर पैठारी हुने पुस्तकमा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरिएको थियो। सो व्यवस्थालाई आर्थिक ऐन, २०७७ ले निरन्तरता दिएको हो।रासस

प्रकाशित: Nov 13, 2020| 13:57 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्