काठमाडौं– सात खेलाडीसहित दुई प्रशिक्षक, एक निर्णयक, एक चिकित्सक, एक खेल संघ र दुई प्रायोजकले राष्ट्रिय प्रतिभा सम्मान पुरस्कार प्राप्त गरेका छन्।
युवा तथा खेलकुद मन्त्रालयले आज (बिहीबार) जारी गरेको सूचनामा प्रतिभा सम्मानबाट सम्मानित हुनेको नामावाली सार्वजनिक गरेको हो।
मन्त्रालयले वार्षिक कार्यक्रम अनुसार गत असोज ६ गते सम्मानका लागि आवेदन मागेको थियो। ५२ वटा आवेदन परेकोमा नौ सदस्यीय टोलिबाट गरेको मूल्यांकनको आधारमा सबैभन्दा धेरै अंक प्राप्त गर्नेलाई पुरस्कृत गरिएको हो।
खेलाडीबाट पुरस्कृत हुनेहरुमा मन्डेकाजी श्रेष्ठ, आयष शाक्य, लक्ष्मी मगर, सुवास तामाङ, समिर श्रेष्ठ, विकास थापा र सन्तोषी श्रेष्ठ छन्।
त्यस्तै प्रशिक्षकमा नविन श्रेष्ठ र कुशलकुमार श्रेष्ठ छन् भने धर्मकुमार श्रेष्ठ सम्मान पाउने चकित्सक हुन्।
नेपाल गल्फ संघले पनि सम्मान पाउने भएको छ भने काठमाडौं महानगर कतार एयरवेज प्रयोजकका रुपमा सम्मानित हुने भएका छन्। कतार एयरवेजले गत वर्षको शहीद स्मारक ए डिभिजन लिगको प्रयोजन गरेको थियो।