शुक्रबार, वैशाख १४, २०८१

प्रदेश १ मा ७३६ डिस्चार्ज, ३६४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७३६ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने सबै होम आइसोलेसनका छन्।
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७३६ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने सबै होम आइसोलेसनका छन्। हालसम्म १७ हजार १५४ जना डिस्चार्ज भएका छन्। 

triton college

प्रदेश १ मा शुक्रबार ३६४ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १४२, सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा ८, तेह्रथुममा ५, इलाममा ४, पाँचथर र सोलुखुम्वुमा ३–३, संखुवासभा र धनकुटामा २–२, ओखलढुङ्गा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा ८१ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ३५ महिला र ४६ पुरुष छन्। मोरङको सुन्दरहरैचामा १५, उर्लाबारीमा ९, कटहरी र रंगेलीमा ५–५, लेटाङ, कानेपोखरी र सुनबर्षीमा ३–३, बेलबारी, बुढीगंगा, मिक्लाजुङ र ग्रामथानमा २–२, पथरीशनिश्चरे र धनपालथानमा १–१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 
सुनसरीको इटहरीमा ४९, धरानमा ३४, इनरुवामा ९, रामधुनीमा ६, हरिनगर, देवानगञ्ज, दुहवी र बर्जुमा २–२, गढी र बराहक्षेत्रमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उता झापाको विर्तामोडमा १७, कचनकवलमा १४, दमकमा १२, गौरादहमा ६, शिवसताक्षी र कमल गाउँपालिकामा ३–३, मेचीनगरमा ४, अर्जुनधारा र भद्रपुरमा २–२, बुद्धशान्ति, बाह्रदशी र झापा गाउँपालिकामा १–१, उदयपुरको त्रियुगा र कटारीमा २–२, चौदण्डीगढी र बेलकामा १–१ र स्थानीय तह नखुलेका २, तेह्रथुमको म्याङलुङमा ३ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र फाकफोकथाममा १–१, पाँचथरको मिक्लाजुङमा ३, सोलुखुम्वुको सोलुदुधकुण्डमा ३, संखुवासभाको चैनपुर र स्थानीय तह नखुलेका १–१,  धनकुटाको महालक्ष्मी र स्थानीय तह नखुलेका १–१, ओखलढुङ्गा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ४३४ पुगेको छ। 

प्रदेश १ मा शुक्रबार १ हजार ७०५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४२ महिला र २२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७७ हजार ३५४ जनाको पीसीआर परीक्षण गरिएको छ । 

corrent noodles
Metro Mart

 
 

प्रकाशित: Nov 13, 2020| 11:34 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।