शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बैतडी बस दुर्घटनाः  मृतक सात जनाको परिचय खुल्यो, बसले च्यापिएका एक जनाको शव निकाल्न बाँकी

बैतडी बस दुर्घटनाः  मृतक सात जनाको परिचय खुल्यो, बसले च्यापिएका एक जनाको शव निकाल्न बाँकी

 बैतडीको पाटन नगरपालिका ८, खोड्पेमा गए राति बस दुर्घटनामा मृत्यु भएका नौ जनामध्ये सात जनाको नाम खुलेको छ।
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

धनगढी- बैतडीको पाटन नगरपालिका ८, खोड्पेमा गए राति बस दुर्घटनामा मृत्यु भएका नौ जनामध्ये सात जनाको नाम खुलेको छ। दुई  जनाको अझै परिचय खुल्न सकेको छैन। मृतक मध्ये सात जनाको शव जिल्ला अस्पताल बैतडीमा पुर्याइएको छ भने एक जनाको शव अझै निकाल्न नसकेको बैतडी प्रहरीले जनाएको छ। 

triton college

बसको बडीले किचेको अवस्थामा रहेको डोगडाकेदार गाउँपालिकाका ६ का करन ऐरको शव बसको बडी काटेर वा जमिन खनेर निकाल्नुपर्ने हुँदा निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

मृत्यु हुने केहीको पहिचान खुलेको छ भने केहीको ठेगाना खुल्न बाँकी रहेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। 

प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको डोगडाकेदार गाउँपालिकाका ६ का प्रहरी जवान रणबहादुर चन्द र करन ऐर रहेका छन्।

ठेगाना नखुलेका नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु भएका अन्य २ जनाको भने पहिचान खुल्न सकेको छैन। 

corrent noodles
Metro Mart

दार्चुलाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ५१४१ नम्बरको बस जयपृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत खोडपेमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। दुर्घटनामा ३४ जना घाइते भएका थिए। 
 
गए राति करिब १० बजेतिर बैतडीको पाटन नगरपालिका ८, खोडपेमा सडकबाट करिब पाँच सय मिटर तल बस खसेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। 

घाइतेहरूलाई राति नै उद्धार गरी डडेलधुरा अस्पताल पुर्याइएको थियो। गम्भीर घाइते सात जनालाई थप उपचारका लागि धनगढी पठाइएको अधिकारीले बताए। 

बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ। उनले दुर्घटनाको कारण अझै खुल्न नसकेको बताए।

प्रकाशित: Nov 13, 2020| 03:16 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।