शुक्रबार, वैशाख ७, २०८१

गाउँपालिकाले बाँड्यो २४० वटा सुधारिएको चुल्हा

हुम्लाको अदानचुली गाउँपालिकाले २४० वटा सुधारिएका चुल्हा निःशुल्क वितरण गरेको छ। 
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

हुम्ला– हुम्लाको अदानचुली गाउँपालिकाले २४० वटा सुधारिएका चुल्हा निःशुल्क वितरण गरेको छ। 

triton college

सरकारले अघि सारेको दिगो विकास लक्ष्यअनुसार गाउँपालिकालाई आगामी तीन वर्षभित्रमा धुँवारहित गाउँपालिका घोषणा गर्ने योजनाअनुसार वडा नम्बर १ का सबै घुरधुरीलाई पुग्ने गरेर सुधारिएको फलामे चुल्हो वितरण गरिएको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए।  

‘परम्परागत चुल्होका कारण गाउँका महिलाहरुको स्वास्थ्यमा नराम्रो असर परेको पालिकाले गरेको अध्ययनले देखाएको छ,’ अध्यक्ष फडेराले भने,  ‘परम्परागत चुल्होमा खाना पकाउँदा महिलामा पर्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै वडा नम्बर १ कल्खेका तीन गाउँलाई हामीले धुवाँरहित चुल्हो वितरणको काम सुरु गरेका हौँ।’
 
गाउँपालिका, खानेपानी, सिँचाइ तथा जलस्रोत कार्यालय हुम्ला र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको संयुक्त पहलमा १ कल्खेका तीन गाउँबाट सुधारिएको चुल्हो वितरणको काम थालनी गरिएको वडा नं १ का वडाध्यक्ष रग्या थापाले जानकारी दिए। 

पालिकाकले हरेक वर्ष विनियोजन गरेको वडाको बजेटलाई विभिन्न निकायसँगको सहकार्यमा सुधारिएका चुल्हो खरिद गर्ने कार्यलाई अघि बढाएको उनले बताए। वडाका सबै घरलाई धुवाँरहित चुल्हो वितरण गरेर निकट भविष्यमै धुवाँरहित वडा घोषणा गर्ने उनको भनाइ थियो। 

आर्थिक वर्ष ०७६÷०७७ को वार्षिक कार्यक्रमबाट पाँच लाख र खानेपानी, सिँचाइ तथा जलस्रोत कार्यालयको पाँच लाख ५० हजारबाट चुल्हो खरिद गरिएको उनले जानकारी दिए। अपुग रकम चालु आर्थिक वर्षको कार्यक्रमबाट व्यवस्था गरिने उनले बताए। 

corrent noodles
Metro Mart

प्रतिचुल्हो खरिदमा  नौ हजार पर्ने भए पनि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ५० प्रतिशत (चार हजार पाँच सय)  अनुदानमा उक्त चुल्हो खरिद गरिएको हो।  

प्रकाशित: Nov 13, 2020| 02:08 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।