शुक्रबार, वैशाख ७, २०८१

लमजुङ अस्पताल प्रदेशको स्वामित्वमा

गैरसरकारी संस्थाको व्यवस्थापनमा चल्दै आएको बेंसीसहरको लमजुङ सामुदायिक अस्पताल गण्डकी प्रदेश सरकार मातहत आएको छ।
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

पोखरा- गैरसरकारी संस्थाको व्यवस्थापनमा चल्दै आएको बेंसीसहरको लमजुङ सामुदायिक अस्पताल गण्डकी प्रदेश सरकार मातहत आएको छ। 

triton college

प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भु ज्ञवाली र लमजुङ अस्पताल व्यवस्थापन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा संस्था (एचडीसीएस) का कार्यकारी निर्देशक कपिल शर्माले बिहीबार एक समझादारीपत्रमा हस्ताक्षर गरे। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। 

त्यस अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ अस्पतालका लागि आवश्यक सहयोग प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाए। 
२०५८ सालदेखि उक्त अस्पताल एचडीसीएसले व्यवस्थापन गर्दै आएको थियो। 

प्रदेश सरकार मातहत आएपछि अब गण्डकीको अस्पताल सञ्चालक समिति गठन आदेशअनुसार अध्यक्ष तोकिनेछ। 

corrent noodles
Metro Mart

तर आन्तरिक व्यवस्थापन भने एचडिसिएसले नै गर्ने गरी प्रदेश सरकारले समझादारी गरेको छ। 

२०५८ मा १५ बेडको रहेको अस्पताल अहिले ६० बेडको भएको छ। 

दुई दशकमा एचडीसीएसले सरकारी र बाह्य अनुदान सहयोग जुटाएर अस्पतालमा झन्डै दुई अर्ब लगानी गरिसकेको जानकारी उक्त संस्थाका संस्थापक कार्यकारी निर्देशक डा. तीर्थ थापाले दिए। उपकरण, भवन लगायतमा गरी त्यतिका लगानी भएको हो। 

उनका अनुसार व्यवस्थापन एचडीसीएसले गर्दै आए पनि नेपाल सरकारले वार्षिक २०÷३० लाख रुपैयाँ अनुदान भने दिँदै आएको थियो। 

लक्षित वर्गको निशुल्क औषधोपचार र निःशुल्क औषधिका लागि पनि सरकारले सघाउँथ्यो। तर सरकारले दिएको औषधिको परिमाणले नपुग्दा एचडीसीएसले आफै किनेर पनि बिरामीलाई दिँदै आएको थियो। 

‘मुलुक संघीयतामा गएपछि संघ सरकारले अनुदान दिन छोड्यो,’ डा. थापाले सुनाए, ‘प्रदेशको स्वामित्वमा पनि नभएकाले प्रदेशबाट पनि आएन।’ 

अब भने सरकारी अनुदान लगायत सरसहयोगको जिम्मेवारी प्रदेश सरकारले लिएको उनले जनाए। 

संघ सरकारले लमजुङ सामुदायिक अस्पताल प्रदेश सरकार मातहत हुने निर्णय गत असार २९ गते गरेको थियो। 

त्यसकै आधारमा अस्पताल र प्रदेश सरकारले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। 

समझदारीअनुसार अस्पतालको स्वामित्व प्रदेशको भए पनि ५ वर्षसम्म आन्तरिक व्यवस्थापनको जिम्मेवारी भने एचडीसीएसले पाउनेछ।
 

प्रकाशित: Nov 12, 2020| 14:55 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।