शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकामा चाडपर्वलगत्तै कडा खालको लकडाउन गर्न स्थानीय तहका प्रमुखहरूकाे सुझाव

उपत्यकामा चाडपर्वलगत्तै कडा खालको लकडाउन गर्न स्थानीय तहका प्रमुखहरूकाे सुझाव

उपत्यकाका स्थानीय तहका प्रमुखहरुले चाडपर्व सकिएलगत्तै कडा खालको लकडाउन गर्न सुझाव दिएका छन्।
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं–  उपत्यकाका स्थानीय तहका प्रमुखहरुले चाडपर्व सकिएलगत्तै कडा खालको लकडाउन गर्न सुझाव दिएका छन्।

triton college

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको आयोजनामा भएको बैठकमा स्थानीय तहका प्रमुखहरुले यस्तो प्रस्ताव गरेका हुन्।

उपत्यकामा दिनहुँ बढिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथाम र नियन्त्रणका लागि कडा खालको लकडाउनको विकल्प नभएको उनीहरुको सुझाव छ। 

सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारी र सदस्यबीच भएको छलफलमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने विषयमा छलफल भएको छ। 

‘उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दो छ। यसको नियन्त्रणका लागि गम्भीर कदम चाल्नुपर्छ भन्ने हाम्रो प्रस्ताव रह्यो,’ उपत्यका नगरपालिका फोरमका सचिव एवम् मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले भने, ‘यस विषयमा थप निर्णय मन्त्रिपरिषद्को बैठकले गर्छ होला तर, हामीले अहिलेको अवस्थाका बारेमा जानकारी गराएका छौं।’

corrent noodles
Metro Mart

उनका अनुसार छलफलमा उपत्यकामा कोरोना भाइरस संक्रमणको चेन बेक्र गर्नका लागि कडा खालको लकडाउन नै प्रभावकारी हुने विषयमा छलफल भएको छ। 

अहिले सामान्य रुपमा स्थानीय तहका प्रमुखहरुले यस विषयमा सल्लाह दिए पनि यसको आधिकारिक निर्णय भने मन्त्रिपरिषद्को बैठकले नै गर्नेछ। बैठकमा संघ, प्रदेश र स्थानीय तह समन्वय गरेर अघि बढ्ने विषयमा प्रभावकारी छलफल भएको छ। 

बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित उपत्यकाका नगर प्रमुखहरुको सहभागिता रहेको थियो।

स्थानीय तहका प्रमुखहरुले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा संघ र प्रदेश सरकारबाट प्रभावकारी काम नभइरहेको गुनासो गर्दै आइरहेका थिए। 

बैठकले पर्याप्त मात्रामा आइसोलेसन कक्ष थप गर्ने लगायतका विषयमा पनि छलफल भएको छ। 

छलफलमा मेयरहरुले समन्वयको अभावमा पनि संक्रमणको जोखिम बढेको बताएका थिए। त्यस्तै कन्ट्याक्ट टे«सिङ, टेस्टिङ गर्दै अहिले देखिएको संक्रमणको जोखिमलाई नियन्त्रण गर्ने विषयमा छलफल भएको हो। 

‘उपत्यकामा जनु रुपले अवस्था भयावह भयो ।यो एकै क्षेत्रबाट मात्रै नियन्त्रण गर्न सक्ने अवस्थाचाहिँ होइन,’ उनले भने, ‘चेन ब्रेक गर्नका लागि स्थानीय स्तरसम्मको तथ्यांक लिने गरेर काम गर्ने हिसाबले अघि बढ्नुपर्छ भनेर नै तीनै तहका सरकारले समन्वय गरेर जाने भन्ने भएको छ।’

सीसीएमसी र उपत्यकाका नगर प्रमुखहरुबीचको छलफलमा उठेका विषयअनुसार अब चाडपर्व सकिए लगत्तै उपत्यकामा केही समय कडा खालको निषेध आदेश जारी हुने देखिएको छ।

प्रकाशित: Nov 11, 2020| 16:07 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।