शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना रोकथामको रणनीति बनाउँदै सीसीएमसी र राजधानीका स्थानीय तहका प्रमुखहरू

कोरोना रोकथामको रणनीति बनाउँदै सीसीएमसी र राजधानीका स्थानीय तहका प्रमुखहरू

उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि रोकथाम, नियन्त्रण र थप रणनीति बनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र उपत्यकाका स्थानीय तहका प्रमुखहरुबीच छलफल भइरहेको छ। 
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं- उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि रोकथाम, नियन्त्रण र थप रणनीति बनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र उपत्यकाका स्थानीय तहका प्रमुखहरुबीच छलफल भइरहेको छ।
 
सीसीएमसी निर्देशक समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलको अगुवाइमा छलफल सुरु भएको हो।   

triton college

कोरोना रोकथाम, नियन्त्रण र उपचार व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भइरहेको छलफलमा काठमाडौं उपत्यकाका १८ जना स्थानीय तहका प्रमुख सहभागी छन्। 
केही दिनअघि बसेको सीसीएमसी निर्देशक समितिको बैठकले पनि उपत्यकामा आइसोलेसन कक्ष थप गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको थियो।
दैनिक रुपमा उपत्यकामा कोरोना संक्रमित थपिने क्रम बढ्दै गइरहेका बेला अस्पतालका बेड, आइसोलेसन कक्ष भरिंदै गइरहेका छन्।

उपत्यकामा संक्रमण थप बढ्न नदिन चाल्नुपर्ने आवश्यक कदम लगायतका बारेमा स्थानीय तहले समेत केही सुझाव दिने बताइएको छ। 
स्थानीय तहका प्रमुखहरुले केन्द्र सरकारबाट प्रर्याप्त सहयोग हुन नसकेको गुनासो गर्दै आइरहेका छन्।

प्रकाशित: Nov 11, 2020| 10:38 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।