शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कपिलवस्तुको गुरुयोजनाबारे लुम्बिनी विकास कोषले थाल्यो छलफल 

कपिलवस्तुको गुरुयोजनाबारे लुम्बिनी विकास कोषले थाल्यो छलफल 

कपिलवस्तुको पुरात्त्विक क्षेत्रलाई समेटेर लुम्बिनी विकाष कोषले एकीकृत गुरुयोजना बनाउन थालेको छ 
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

भैरहवा– कपिलवस्तुको पुरात्त्विक क्षेत्रलाई समेटेर लुम्बिनी विकाष कोषले एकीकृत गुरुयोजना बनाउन थालेको छ । 

triton college

४२ वर्ष अगाडि जापनिज बास्तुकलाविद् प्रा केन्जो टांगेले बुद्ध जन्मस्थल लुम्बिनीको गुरुयोजना बनाएका थिए। उक्त गुरुयोजनाको काम करिब अन्तिम चरणमा  पुगेकोले लुम्बिनी विकाष कोषको अबको ध्यान कपिलवस्तुतिर हुने कोषका उपाध्यक्ष भिक्षु मेतेयाले बताए। 

कपिलबस्तु गुरुयोजना बनाउने विषयमा मंगलबार तौलिहवामा अन्तरक्रिया सम्पन्न भएको छ। कोषका उपाध्यक्ष भिक्षु मेतेयाको अध्यक्षतामा भएको अन्तरक्रियामा कपिलबस्तुबाट संघीय सभामा प्रतिनिधित्व गर्ने सासद्द्वय पूर्व मन्त्रीहरु बृजेश कुमार गुप्ता र चक्रपाणि खनाल, सांसद सुजिता शाक्य, रास्ट्रिय सभाका सदस्य बिमला घिमिरे, पुर्वमन्त्रि दीपकुमार उपाध्यय, प्रदेश सभा सदस्यहरु बिस्नु पन्थी, अर्जुन के सी, धर्मलाल श्रीवास्ताव, दिर्घनारयण पान्डे र रिना नेपालले लुम्बिनी विकाष कोषले बनाउन लागेको कपिलवस्तु गुरुयोजनाले जिल्लाको विकासमा ठूलो योगदान दिने बताए। 

उनीहरुले कपिलवस्तुको विकासको अभिन्न अंगको रुपमा रहेको पुरातत्त्विक क्षेत्रको संरक्षण र सम्बद्धर्नले साँस्कृतिक र पर्यटकीय सहरको रुपमा विकास गर्न टेवा मिल्ने विश्वास व्यक्त गरे।  

सो अवसरमा नेकपाका तर्फबाट डम्वर शर्मा, कांग्रेसका तर्फबाट सुधाखर पान्डे र जनता समाजबादी पार्टीका तर्फबाट रामनिवास यादवले समेत लुम्बिनी बिकाष कोषले बनाउन थालेको कपिलवस्तु गुरुयोजनामा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव दिए।  

corrent noodles
Metro Mart

लुम्बिनी विकास कोषका कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी विकाष कोषले लुम्बिनी गुरुयोजनाको काम सम्प गर्न लगिरहेको बताउँदै अब सबै ध्यान कपिलबस्तुमै केन्द्रीकृत गर्ने बताए ।  

लुम्बिनी विकाष कोषले आर्किटेक्ट ईन्जिनियर डा सन्जय न्यौपानेको नेतृत्वमा कपिलवस्तु गुरुयोजना बनाउन थालेको छ। डा न्यौपानेले यसअघि रामग्राम गुरुयोजना बनाएका थिए।

प्रकाशित: Nov 11, 2020| 06:31 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।