शुक्रबार, वैशाख ७, २०८१

काठमाडौंमा १८ वर्ष माथिकालाई खोप लगाइँदै

काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आजबाट कोभिडविरुद्धको खोप एस्ट्राजेनेकाको पहिलो मात्रा लगाउन सुरु गरिएको छ।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं– काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आजबाट कोभिडविरुद्धको खोप एस्ट्राजेनेकाको पहिलो मात्रा लगाउन सुरु गरिएको छ। 

triton college

महानगरपालिकाले काठमाडौं महानगरपालिका भित्रका ३२ वटै वडाका खोप केन्द्रका साथै विभिन्न ७ वटा अस्प्तालबाट खोप लगाउँदैछ। 

खोप लगाइने अस्पतालहरूमा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र अस्पताल छाउनी रहेका छन्। खोप लगाउन जाँदा परिचय खुल्ने परिचयपत्र लिएर जान महानगरले आग्रह गरेको छ। 

जिल्लास्तरीय खोप समन्वय तथा अनुगमन समिति काठमाडौंको आइतबारको निर्णय अनुसार खोप लगाउन बाँकी १८ बर्ष माथिका सबैलाई आजबाट एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिन लागिएको हो। खोप बिहान १० देखि अपरान्ह ४ बजेसम्म चल्नेछ।

प्रकाशित: Sep 27, 2021| 13:14 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।