शुक्रबार, वैशाख १४, २०८१

युवा खेलाडी: जसले आईपीएलमा आफ्नो छाप छोडे

फ्रेन्चाइज टी–२० क्रिकेटमा विश्वको सबैभन्दा महंगो र ठूलो मेला हो–इन्डियन प्रिमियर लिग (आईपीएल)।
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

 काठमाडौं– फ्रेन्चाइज टी–२० क्रिकेटमा विश्वको सबैभन्दा महंगो र ठूलो मेला हो–इन्डियन प्रिमियर लिग (आईपीएल)।

triton college

जारी सिजनको आईपिएल गएरातिको खेलसँगै सम्पन्न भएको छ। प्रतियोगितामा दिल्ली क्यापिटल र मुम्बई इन्डियन्सबीच फाइनल खेलमा मुम्बईले पाँच विकेटको जित निकालेसँगै आईपीएल समापन भयो। 

सेप्टेम्बर १९ बाट सुरु भएर ५३ दिनसम्म चलेको आईपीएल फाइनलसम्म आईपुग्दा खेलाडीको प्रदर्शन देखिसकिएको छ। र मोटामोटी प्रदर्शन प्रस्फुटन भइसकेको छ।

यस्तोमा केही नयाँ र युवा खेलाडीले समर्थकमाझ आफूलाई स्थापित मात्र गरेका छैनन्। आईपीएलमा पनि छाप छोडेका छन्।

यस्तोमा रवि विश्नोइ, देवदत्त पडिक्कल, सन्जु समसन, राहुल चहर, रितुराज गायक्बड, इशान किसन, वरुण चक्रवर्ती, रिद्धिमान शाहजस्ता खेलाडी सबैको आँखामा नाच्न थालेका छन्। 

corrent noodles
Metro Mart

शैनी र शाह त टेस्ट खेल्न अष्ट्रेलिया जाने भारतको सिनियर राष्ट्रिय टिममा पर्न सफल बनेमा छन्। युवा खेलाडीकै कुरा गर्ने हो भने २२ वर्षीय राखिद खान पनि आईपीएलमा ठूलो समर्थक जम्मा गर्न सफल छन्।

उनी त्यस्तो देशबाट आईपीएल खेल्दै छन्, जुन देशले ओडीआई स्टेटस मात्र १० वर्षअघि पाएको थियो।

उनको आईपीएल टिम सनराइजर्स हैदराबाद आइतबार रातिको हारसँगै सिजनबाट बाहिरियो। तर खानको प्रदर्शन समर्थकको मनमा रहिरह्यो।
उनी जारी आईपीएलबाटै स्टार भएका भने होइनन्। उनी आईपीएल अघि नै ग्लोबल स्टार हु्न्। 

१९ वर्षको उमेरमै खानले अफगानिस्तानको राष्ट्रिय टोलीमा कप्तानी सम्हाल्ने मौका पाएका थिए । त्यहिँबाट उनको स्टारडम विश्वभरी बढ्यो।
जारी आईपीएलबाटै क्रिकेट रंगमञ्चको उचाईमा पुगेका खेलाडी चाहिँ २० वर्षका रवि विश्नोइ हुन्।

उनी किंग्स इलेबेन पञ्जाबका लेगब्रेक गुग्ली बलर हुन्। यो सिजनमा उनले १४ खेलबाट १२ विकेट गिराए। किफायती बलिङ गर्दै उनले ७.३७ को इकोनामी प्रदान गरे।

पहिलो खेलमा विकेटविहीन विश्नोईले पञ्जाबाको दोस्रो खेलमा तीन विकेट लिए।

मुम्बई इन्डियन्का २१ वर्से राहुल चहर पनि विश्नोइकै ग्रुपमा पर्छन्। उनले जारी सिजनमा १५ खेल खेल्दै १५ विकेट नै गिराए।

उसो त मम्बई जस्तो शक्तिशाली खेलाडी भएको टिममा प्लेइङ सेटमा स्थान पाउनु नै उनको उज्यालो भविष्यको सुरुवात हो।

उनले त्यो सुरुवातमा आफूलाई स्थापित गर्न सफल बने। पछिल्लो वर्ष ठिकठाक प्रदर्शन गरेका उनले जारी सिजनमा मुम्बईको मन जितेपछि उनी युवा अवस्थामै स्थापित भारतीय खेलाडी बन्ने पक्का छ।

मुम्बईबाट तेस्रो धेरै विकेट लिने खेलाडीमा चहार हुन्। 

विकेटकिपर–ब्याट्स्मेनको यात्राबाट क्रिकेट सुरु गरेर असफल यात्रा गरेका वरुण चक्रवर्ती जारी आईपीएलबाट विश्व क्रिकेट स्टेजमा उक्लिएका छन्। तर, बलिङको प्रदर्शनमा।

उनलाई युवा खेलाडीमा भने राखिएको छैन। किनभने उनी उमेरले २९ वर्षका भइसके। तर जारी सिजनको लिगबाट स्टार बनेका खेलाडीमा उनको नाम छुटाउन मिल्दैन।

उनी क्रिकेटरका अलावा आर्किटेक्चर पनि हुन्। पाँच वर्षको अध्ययन र फ्रिलान्सको जीवनपछि उनले बल र ब्याटमा जीवन देखे। र, बलिङ अभ्यास गर्न थाले। अहिले उनी स्पिन बलर छन्। 

केही समय उनले फिल्ममा पनि बिताएका छन्। उनी भारतको आउँदो अष्ट्रेलिया भ्रमणको टिममा पनि छन्।

उनको प्रदर्शनलाई भारतका पूर्वकप्तन महेन्द्र सिंह धोनीले समेत आँकलन गर्न नसकिने खालको बताएका छन्।

राइजिङ स्टारको लिस्टमा छुटाउन नहुने नाम भनेको चाहिँ देवदत्त पडिक्कलको हो। यो सिजनमा डेब्यू गरेका खेलाडीहरूमा उनले सबैभन्दा धेरै रन जोडे।

१५ खेलबाट ४७३ रन बनाएका २० बर्षीय पडिक्कलले क्लबमा पनि विराट कोहली र एबी डिबिलियर्सलाई पछि पारे। डिबिलियर्सको नाममा ४५४ रन छ भने कोहलीले ४६६ रन बनाए।

यसकारण जारी सिजनसँगै भारतको सिनियर टिममा पनि ठाउँ बनाउने अवस्थामा छन्।

कालकत्ता नाइट राइडर्सका शुभमन गिलले पनि जारी सिजनमा ४४० रन बनाउँदै उदाउँदो स्टारहरुको सूची जोइन गरेका छन्। उनी त्यहाँबाट पुरा १४ खेलमा सहभागी भए।

पञ्जाबमा फर्म सञ्चालन गरेर बसेका उनका पिता पनि क्रिकेटर बन्न चहान्थे। तर जनजीविकाले उनलाई क्रिकेटमा प्रवेश गर्नै दिएन। तर उनको सपना शुभमनले पुरा गरिदिए।

गत वर्ष भारतीको टिमबाट एक दिवसीय खेलमा डेब्यू गरेको शुभमनले आईपीएलबाट आफूलाई प्रमाणित गरे। उनी अष्ट्रेलिया भ्रमण गर्ने भारतीय टोलीमा पर्न सफल बनेका छन्।

त्यस्तै राजस्थानका सन्जु समसन र मुम्बईका इसान किसन पनि जारी सिजनबाट क्रिकेटमा स्थापित नाम हो। 

इशान किसनले १४ खेलबाट ५१३ रन बनाएका छन् भने समसनले १४ खेलबाट ३७५ रन बनाए।

आईपीएल ०२० बाट नवदिप शैनी, कार्तिक त्यागी, शिवम् मावी, रिद्धिमान शाहकमलेश नगरकोटीजस्ता खेलाडी ग्लोबल आइकन बनेका छन्।

प्रकाशित: Nov 11, 2020| 06:03 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।