शुक्रबार, वैशाख १४, २०८१

कोरोना महामारीले समस्यामा घरबास

पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी देखिएको छ। 
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

गलकोट- पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी देखिएको छ। 

triton college

कोरोना भाइरसले महामारीको रूप नलिएको भए अहिले घरबास भरिभराउ हुने सिजन हो। दसैं–तिहारको समयमा त घरबासमा झनै आन्तरिक पर्यटकको  लर्को लाग्ने गर्दथ्यो। यस वर्ष भने त्यसो भएन। कोरोना महामारीका कारण घरबासहरु सुनसान अवस्थामा छन्।  

गत चैतमा बन्दाबन्दी भएयता जिल्लाका घरबास अपवाद बाहेक सुनसान बनेका छन्। जिल्लाको पहिलो तथा चर्चित घरबासको रूपमा रहेको बागलुङ नगरपालिका १० भकुण्डेको अतिथि सत्कार घरबास कोरोनाका कारण सुनसान छ। 

कोरोना सङ्क्रमणको जोखिमले फोन सम्पर्क गरेर आउन खोज्नेलाई पनि पाहुना नराख्ने जानकारी दिन बाध्य भएको घरबासका सञ्चालक खिमबहादुर थापा बताउँछन्। 

‘कोरोना कहरका बीच पनि यहाँ आउन खोज्नेहरुले त सम्पर्क गरिरहेका छन्,’ उनले भने, ‘हामीले सङ्क्रमण जोखिमको डरले नआउन भनेका छौँ, पाहुनलाई पनि डर, हामीलाई पनि जोखिम।’ 

corrent noodles
Metro Mart

कोरोना महामारी सुरु भएपछि अहिलेसम्म घरबासमा एक जना पनि पाहुना नआएको सिग्दी सामुदायिक होमस्टेका अध्यक्ष हिराबहादुर पुनले बताए। 

बन्दाबन्दीको अवधि घरबासमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने सिजन थियो। कोरोनाले गर्दा घरबास व्यवसाय पूर्णरूपमा प्रभावित भएको छ। 

‘पर्यटक आउने समयमा बन्दाबन्दी भयो, बन्दाबन्दी भएदेखि एक जना पनि पाहुना आउनु भएन, यस्तो बेला राख्ने कुरा पनि भएन, अहिले झनै सङ्क्रमणको जोखिम छ,’ अध्यक्ष पुनले भने, ‘अझै केही समय पाहुना राख्ने अवस्था सिर्जना होला जस्तो छैन, यसले गर्दा धेरै ठूलो नोक्सान बेहोर्नु पर्ने बाध्यात्मक अवस्था छ।’

विगतमा चैतदेखि असोज–कात्तिकसम्म धेरै पाहुना घरबासमा आउने गरेको र आम्दानी पनि राम्रो हुने गरेको थियो। गत वर्ष घरबासमा पाहुनाहरुको बाक्लो उपस्थितिले स्थानीयस्तरमा उत्पादन भएका सामग्रीले  पनि राम्रो बजार पाएको घरबास सञ्चालकहरु बताउँछन्। यस वर्ष उत्पादनलाई बढाएको तर बिक्री नहुँदा समस्या परेको स्थानीयवासीको गुनासो छ।

‘पोहोर साल धेरै पाहुना आउनुभयो, हामीले गाउँमा उत्पादन गरेको ‘लोकल’ कुखुरा, खसी, बोका, कोदोलगायतका चिजहरु समिएर अन्य ठाउँबाट मगाउनु परेको थियो, त्यही अवस्था आउँछ भनेर हामीले नै कुखुरा लगायतका सामग्री गाउँमै उत्पादन गर्यौँ,’ पुनले भने, ‘के गर्ने यस्तो अवस्था आयो, उत्पादन भएका सामग्री बिक्री हुन सकेनन्, नोक्सान भयो।’

बरेङ गाउँपालिका २ सिग्दी गाउँमा मगर समुदायका केही व्यक्तिले मिलेर पाँच घरमा गत वर्षदेखि सामुदायिक घरबास सञ्चालन गरेका थिए। सञ्चालन गरेको केही समयमै सो घरबासले धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सफल भएको थियो।

यस्तै निसीखोला गाउँपालिकाका २ को अर्नाकोटमा रहेको अर्नाकोट सामुदायिक घरबास पनि कोरोनाका कारण उस्तै समस्यामा छ। कुनै समय आन्तरिक पर्यटकले भरिभराउ हुने घरबास अहिले सुनसान छ। 

गत वर्षदेखि नै सञ्चालनमा आएको यो घरबास धेरैको रोजाइमा परेको थियो। यो घरबास उच्च पहाडको शिरमाथि रहेकाले धेरैको आकर्षण र आगमन हुने गरेको थियो। 

कोरोना सङ्क्रमणका कारण घरबास सुनसान भएको सञ्चालक लालबहादुर कुँवरले बताए। घरबास केन्द्रित गरेर उत्पादन गरिएका स्थानीय उत्पादन पनि मूल्य र बजार नपाएर खेर जाने अवस्थामा पुगेको उनको भनाइ छ। जिल्लामा २८ सामुदायिक घरबास रहेका छन् ।

प्रकाशित: Nov 10, 2020| 02:23 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।