बुधबार, वैशाख ५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ 

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ 

महानगरीय अपराध महाशाखाको टोलीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ। 
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

काठमाडौं- महानगरीय अपराध महाशाखाको टोलीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ। 

triton college

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–७ आर्याबारी बस्ने ३३ वर्षीय सनोज गिरी भनिने रामकुमार गिरी रहेका छन्। 

उनलाई महाशाखाबाट खटिएको विशेष टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाट आज पक्राउ गरेको हो। 

११ माघ २०६१ मा काठमाडौंको सामाखुशीमा जीवन लोहनीको कर्तव्य गरी हत्या गरेको घटनामा संलग्न रही गिरी फरार रहेका थिए।

चितवन घर भई काठमाडौंको रानीबारी डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीले प्रकाश लामाले कानमा लगाएको मुन्द्रा मागेको र प्रकाश लामाले नदिएपछि जीवन लोहनीले प्रकाश लामालाई कुटपिट गरेको थिए। त्यही विषयमा जीवन लोहनीको हत्या भएको थियो। 

corrent noodles
Metro Mart

काठमाडौं जिल्ला अदालतले ११ असार २०६४ मा गिरीलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो।

त्यसलगत्तै फरार रहेका गिरी केही समय विदेशमा समेत बसी पुनः नेपाल आई सनोज गिरीको नामबाट नेपालका विभिन्न स्थानमा लुकीछिपी बस्दै आइरहेका थिए।

प्रकाशित: Nov 09, 2020| 10:49 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।