काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले १२ हजारभन्दा बढी घरमा स्मार्ट मिटर जडान गरेको छ।
प्राधिकरणले रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानका घरमा उक्त संख्या बराबर मिटर जडान गरेको जानकारी गराएको हो।
स्मार्ट मिटर जडानको लागि एक अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ। यसमा एसियाली विकास बैंकले ऋण लगानी गरेको छ।
पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज, दोस्रो चरणमा काठमाडौंका अन्य स्थान, ललितपुर र भक्तपुरका सबै घरमा स्मार्ट मिटर जडान गर्ने प्राधिकरणको लक्ष्य छ।