शुक्रबार, वैशाख १४, २०८१

पोर्न फिल्मलाई ब्लू फिल्म किन भनिएको होला ?

यो शब्दावलीले यस्ता फिल्मलाई न परिभाषित गर्छ, न पोर्न फिल्मसँग सम्बन्धित देखिन्छ।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

नेपाल, भारत, पाकिस्तान, बांग्लादेश अर्थात् पूरै दक्षिण एसियाली क्षेत्रमा पोर्न फिल्मलाई ‘ब्लू फिल्म’ भनिन्छ। नेपालमा त कतिपयले ‘निलो चलचित्र’ सम्म भन्छन्। 

triton college

तर यो शब्दावलीले यस्ता फिल्मलाई न परिभाषित गर्छ, न पोर्न फिल्मसँग सम्बन्धित देखिन्छ। 

प्रश्न उठ्छ, पोर्न फिल्मलाई ब्लू फिल्म किन भनिएको होला ? यो प्रश्नको उत्तर पनि अन्य यस्ता प्रश्नमा जसरी हचुवाका भरमा अनुमान लगाइन्छ, यसमा पनि धेरैको उत्तर त्यस्तै हुने गर्छ।  

‘सबैभन्दा पहिलो पोर्न फिल्मको नाम ब्लू फिल्म थियो, त्यसैको प्रभावमा परेर सबै यस्ता फिल्मलाई ब्लू फिल्म भन्न थालियो।’ यद्यपि, देश–विदेशमा कतै पनि कुनै पनि फिल्मको नाम ‘ब्लू फिल्म’ रहेको अभिलेख पाइँदैन। 

‘ब्लू फिल्म’ नामकरणका पछाडि अर्को कारण देखाइन्छ। त्यो हो– यस्ता फिल्मको पोस्टर ब्लू अर्थात् आकाशे निलो पृष्ठभूमिमा बनाइन्छ। वास्तवमै त्यसो हो भने अर्को प्रश्न उठ्छ– यही रंंग छनोट किन गरियो होला त ? त्यसको उत्तरमा भन्ने गरिन्छ– फिल्मी पोस्टरको भीडमा ब्लू रंंगले सजिलै ध्यान आकर्षित गर्छ।

corrent noodles
Metro Mart

यद्यपि, यो तर्क ठिक होइन। किनभने विज्ञानका अनुसार सबैभन्दा बढी ध्यान तान्ने रंग रातो हो। यदि त्यसो हो भने पोस्टर बनाउँदा निलो रंग सबैभन्दा धेरै प्रयोग गरिन्छ भने पनि निलो रंगमा बाँकी अन्य रंगको उपयोग गर्न सकिने स्थिति सबैभन्दा धेरै हुन्छ। 

अब अर्को कारणमा ध्यान दिऊँ, फिल्मको वर्गीकरणमा पोर्न फिल्ममा ब्लू फिल्म भनिएको हुनसक्छ। भनिन्छ कुनै समयमा ‘बी ग्रेड’ का फिल्मको प्याकिङ निलो रंगको खोलभित्र हुन्थ्यो। पोर्न फिल्म पनि यसै श्रेणीमा सामेल हुन्थ्यो र उक्त प्याकेटको रंंग निलो हुन्थ्यो। तर, यो कारणमा पनि कुनै तुक देखिँदैन। किनभने बी ग्रेडमा सामान्यतयाः कम बजेटका फिल्म हुन्छन्। यिनमा अभिनय र फिल्मांंकनको गुणस्तर राम्रो हुँदैन। 

फिल्मको इतिहास र चलनमा ध्यान दिने हो भने बीसँगै सी, डी र ई ग्रेडका फिल्म पनि बन्छन्। तर, यी फिल्ममा पोर्नोग्राफी सामेल हुँदैन। यद्यपि, बी ग्रेडका फिल्मको प्याकेजिङ नीलो रंगको प्याकेटमा गरिएको हुनसक्छ।  यिनै फिल्मको आडमा भिडियो क्यासेट वा सीडीका पसलमा पोर्न फिल्म राख्नका लागि निलो रंंगको प्याकेट प्रयोग गरियो होला। र, यसरी ब्लू फिल्म नामकरण भयो होला।

सुरुआतमा यस्ता फिल्म निकै सीमित बजेटमा लुकीछिपी बनाइन्थे। यिनलाई ब्लू फिल्म भनिनुको तेस्रो कारण यिनै परिस्थितिको उपज पनि हुनसक्छ। 

यी फिल्मको छायांकन गुणस्तर निकै खराब हुन्थ्यो। रंगिन फिल्मको प्रचलन सुरु भएको लामो समयसम्म पनि यी फिल्म ‘ब्ल्याक एण्ड ह्वाइट’ नै हुन्थे। किनभने ब्ल्याक एण्ड ह्वाइट रिल सस्तो हुन्थ्यो। पछि पोर्न फिल्मका निर्मातामा पनि यस्ता फिल्मलाई रंगीन बनाउनुपर्ने दबाब पर्यो होला।

त्यसपछि निर्माताले ब्ल्याक एन्ड ह्वाइट फिल्मको रिलमा केही प्रयोग गरेर त्यसलाई रंगीन बनाउने प्रयास गरे। र, यो प्रयासमा ब्ल्याक एन्ड ह्वाइटसँगै निलो रंंग पनि देखाउन सफल भए। यो एउटा सस्तो र कामचलाउ उपाय थियो। त्यसैबाट पोर्न फिल्मको नाम ब्लू फिल्म रहन गएको तर्क अलिक ठिक लाग्छ। 

योसँगै अर्को मिल्दोजुल्दो अनुमान पनि लगाउन सकिन्छ– त्यो हो यी फिल्ममा नीलो रंगको स्पटलाइटको प्रयोग गरिने भएकोले यस्ता फिल्मलाई ब्लू फिल्म भन्न थालियो। 

ब्लू फिल्म नामको सबैभन्दा सटिक कारण भने ब्लू ल मा भेटिन्छ। करिब एक शताब्दी अघिसम्म पश्चिमी देशमा ब्लू ल भनिने एउटा धार्मिक कानुन थियो। यो कानुनअनुसार चर्चको आदेश अनुसार आइतबारका दिन केही विशेष गतिविधिमा रोक लगाइएको थियोे। 

यस अन्तर्गत केही चिजको व्यापार, नाचगान वा त्यस्ता काम जो सोझै ईश्वरसँग जोडिएका हुँदैनन् या चर्चसँग जोडिएका हुँदैनथे। त्यस्ता काममा रोक थियो। 

उदाहरणका लागि आइतबार रक्सी र अन्य नशालु पदार्थको व्यापार बन्द हुन्थ्यो। यो त्यो बेला थियो, जब भारतमा अंग्रेजको शासन थियो। यसैले भारतको प्रबुद्ध र सहरी वर्ग यी प्रतिबन्धबाट परिचित थियो। यो नियमको प्रभावका कारण कुनै पनि काम जुन प्रतिबन्धित वा वर्जित ठानिन्थ्यो, त्यसलाई ब्लू एक्टिभिटी भनिन्थ्यो। 

पोर्नोग्राफी पनि समाजमा बर्जित ठानिन्थ्यो (अहिले पनि यो विचारमा खासै परिवर्तन आएको छैन)। त्यसैले ब्लू ल को विरुद्ध हुने भएकाले पोर्न फिल्मलाई ब्लू फिल्म भन्न थालियो होला। 

समयसँगै ब्लू ल को अस्तित्व समाप्त भयो। तर पोर्न फिल्मले पाएको यो नाम अझै पनि चलनमै छ। 

–सत्याग्रहबाट अनूदित
 

प्रकाशित: Nov 08, 2020| 08:30 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्