शनिबार, वैशाख ८, २०८१

शनिबार राति सवारी दुर्घटनामा १० जनाले ज्यान गुमाए

सल्यान, बैतडी, झापा, प्युठान, बर्दिया, सिरहा र स्याङ्जामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका हुन्। 
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौं– शनिबार राति देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर १० जनाको मृत्यु भएको छ।

triton college

प्रहरी प्रधान कार्यालयका अनुसार सल्यान, बैतडी, झापा, प्युठान, बर्दिया, सिरहा र स्याङ्जामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका हुन्। 

प्रहरीका अनुसार सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिबाङघारीस्थित सडकमा लु १ ज २९११ नम्बरको डबल क्याप सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक रोल्पा गंगादेव गाउँपालिका–७ जुगेला बस्ने ३५ वर्षीय भिम बहादुर ओलीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। 

बैतडीको दोगडाकेदार गाउँपालिका–२ बडियास्थित सडकमा ग १ ज ५१९२ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार दोगडा केदार गाउँपालिका–२ कपलकोट बस्ने ३३ वर्षीय बीर बहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जीप चालकलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । 

त्यस्तै झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित सडकमा मे।१ च ४७६७ नम्बरको स्कारपियो गाडीले साईकललाई ठक्कर दिँदा अर्जुनधारा नगरपालिका–५ बस्ने २७ वर्षीय मनोज कार्कीको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो।

corrent noodles
Metro Mart

यस्तै प्युठानको स्वर्गद्वारी नगरपालिका–३ सोडस्थित सडकमा प्रदेश ०३–०३००१ प ९९८९ नम्बरको मोटरसाइकलको ठक्करबट पैदलयात्री स्थानीय ५६ वर्षीया भिमकला खत्रीको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।

उता बर्दियाको बढैयाताल गाउँपालिका–८ तिलकानास्थित सडकमा भे ३ प ७८७० नम्बरको मोटरसाइकल र भे १ त ५०९९ नम्बरको ट्याक्टर एक–आपसमा ठोकिएर शनिबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा मोटरसाइकल चालक बढैयाताल गाउँपालिका–७ बस्ने २६ वर्षीय अर्जुन रिमाल र मोटरसाइकल सवार उनकै श्रीमती २३ वर्षीया ललिता रिमाल रहेका छन्।

दुर्घटनामा घाइते भएका उनीहरुको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो।

त्यस्तै सिरहा, कर्जन्हा नगरपालिका–४ भुल्के चोकमा ना ६ ख १५६५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री ३७ वर्षीय ईन्द्र बहादुर परियारको घटनास्थलमै मृत्यु भएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै स्याङजा, भिरकोट नगरपालिका–५ हर्खौडीस्थित सडकमा लु १ च २६९६ नम्बरको जिप सडकबाट करिब ३० मिटर तल खसेर  दुर्घटना हुँदा जिपमा सवार भिरकोट नगरपालिका–५ बस्ने १७ वर्षीय असिम सेनको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको कालिका सामुदायिक अस्पताल हेलु हुँदै मणिपाल अस्पताल पोखरा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ३ जनाको कालिका सामुदायिक अस्पतालमा उपचार भइरहेको र घाइते भएका १ जना उपचार पश्चात डिस्चार्ज भएका छन्।

प्रकाशित: Nov 08, 2020| 07:21 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।