बिहीबार, वैशाख ६, २०८१

घनपोखरामा घरघरै धारा 

गाउँटोलमा ३–४ वटा धारा त थिए। तर तिनको भर थिएन। पानी आउँदै नआउने। त्यसमाथि गाउँभरिकालाई जम्मा त्यति धारा। सधैं बिग्रने, पाइप टालिने र पानी नै नआउने हुन्थ्यो।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

पोखरा– ‘काठमाडौंको मिनरल वाटरभन्दा चोखो र मिठो छ यो पानी,’ टुटी खोलेर धारा उद्घाटन गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने।

triton college

बिहीबार उनी लमजुङको घनपोखरामा एक घर एक धारा उद्घाटन गर्दै थिए। प्रदेश सरकारकै खर्चमा मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर १ घनपोखराका घरघरै धारा जडान भएको हो। जसको उद्घाटन गर्न स्वयं मुख्यमन्त्री पुगेका थिए। 

घरमै धारा आएपछि २२ वर्षीया खासा गुरुङ औधी खुसी देखिइन्। लकडाउन नहुँदासम्म उनी पोखराको एउटा रेस्टुरेन्टकी जागिरे थिइन् तर कोरोना भाइरसको महामारीले उनको जागिर गयो। गाउँमा आइन्।

‘घरमा धारा आयो अब पोखरा नजाने,’ उनले भनिन्। किन त ? भन्छिन्, ‘अब घरमै होमस्टे चलाउने सोचेकी छु।’ उनकी बहिनी पनि पोखरामा जागिर गर्थिन्। अब दुई बैनी मिलेर घरमै पाहुना राख्ने बन्दोबस्ती मिलाउने सुरसार गरिरहेका छन्। 

दसैंअघिसम्म पनि उनलाई पिरलो थियो, चाडबाडमा पानीको कसरी गर्ने ? गाउँटोलमा ३–४ वटा धारा त थिए। तर तिनको भर थिएन। पानी आउँदै नआउने। त्यसमाथि गाउँभरिकालाई जम्मा त्यति धारा। सधैं बिग्रने, पाइप टालिने र पानी नै नआउने हुन्थ्यो। उनी आफैं थुप्रैपटक गाउँभन्दा धेरै तलको कुवामा गएर पानी ल्याउँथिन्।

corrent noodles
Metro Mart

अब उनमा आत्मविश्वास पलाएको छ, होमस्टे चलाउने। नजिककै घलेगाउँमा होमस्टे चलेको छ, गाउँकै एउटा अर्काे घरमा पनि होमस्टे छ। होमस्टेका लागि प्रदेश सरकारले पनि सहयोग गर्छ भन्ने सुनेकी उनमा अब गाउँमै बसेर स्वरोजगार बन्ने हुटहुटी छ। 

लमजुङ जिल्लाभरमै सबैभन्दा उचाइको गाउँ घनपोखरामा ६ किलोमिटर परको नेकोचे पात्ला मुहानबाट पानी ल्याइएको छ। १ करोड ३० लाख रुपैयाँ खर्च भएको आयोजना उपभोक्ता समितिमार्फत पूरा भएको हो। समितिका अध्यक्ष जीतबहादुर गुरुङ गाउँलेले पनि श्रम गरेर पानी आयोजना पूरा गरेको बताउँछन्। गाउँमा १३० धारा जडान भएको उनले सुनाए। 

उपभोक्ता समितिका सचिव कमल गुरुङका अनुसार यसअघिका गाउँका धारामा गाउँभरलाई पुग्ने पानी नै आउँदैनथ्यो। भन्छन्, ‘बर्खा लाग्यो कि बिग्रिहाल्थ्यो, पातपतिंगरले बुझिन्थ्यो, पहिरोले पाइप बगाउँथ्यो, बनाउँदा बनाउँदै हैरान हुन्थ्यो।’

अहिले भने व्यवस्थित तरिकाले पानी ल्याइएको उनले सुनाए। ‘मुहानमा इन्टेक व्यवस्थित छ, इन्टेकमा २ वटा च्याम्बर छ, एउटा संकलन टंकी छ,’ उनले भने, ‘गाउँको माथि वितरण टंकी बनाएका छौं।’ घनपोखरा र नायु गाउँका सामुदायिक भवन र सार्वजनिक स्थलमा पनि खानेपानीका धारा जडान गरिएको उनले जानकारी दिए। 

मुख्यमन्त्री गुरुङका अनुसार प्रदेश सरकारले २०७८–७९ सम्म प्रदेशका सबै घरधुरीमा आधारभूत खानेपानी पुर्याउने लक्ष्य राखेको छ। उनले मुख्यमन्त्रीको पदभार सम्हालेर पहिलो बैठक बसेको दिन २०७४ फागुन ४ गते नै मन्त्रिपरिषदबाट गरेका थुप्रै निर्णयमध्ये एक थियो, ‘प्रदेशका सबै घरधुरीमा आधारभूत खानेपानी पुर्याउने।’ त्यही लक्ष्य अनुसार घनपोखरामा पनि खानेपानी आयोजनाका लागि बजेट परेको थियो।

प्रकाशित: Nov 08, 2020| 06:01 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।