बिहीबार, वैशाख १३, २०८१

स्टिलका विद्युतीय खम्बा चोरी गर्ने सात जना पक्राउ

मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात जनालाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

मकवानपुर- मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात जनालाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ।

triton college

इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको  प्रहरी टोलीले वाग्मती–४ झुरझुरेस्थित धरान–चतरा सडकखण्डबाट स्टिल ट्युवलर विद्युतीय खम्बासहित पक्राउ गरेको प्रहरीले बताएको छ। वडा नं १  हात्तीटुगेस्थित बाटो छेउमा रहेको ग्रीड सोलार इञ्जिन इफिसेन्सी आयोजनाका स्टिल ट्युवलर विद्युतीय खम्बासहित प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।

रिमालका अनुसार,  मे१ख १५०५ नम्बरको ट्रकमा सो स्टिल खम्बा लोड गरी झुरझुरेतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ट्रक र चोरीमा संलग्न सातै जनालाई पक्राउ गरी अनुसन्धान कार्य शुरु गरेको छ। साथै उनीहरुका साथबाट नम्बर नखुलेको एक थान मोटरसाइकलसमेत फेला परेको छ। 

पक्राउ पर्नेमा  काभ्रेपलाञ्चोकको  मण्डन  देवपुर  नगरपालिका–१ का ३० वर्षीय जयराम सापकोटा, उदयपुर घर भई हाल भक्तपुरको मध्यपुरठिमी नगरपालिका–७ बस्ने २७ वर्षीय हरि नेपाल, मकवानपुरको वाग्मती–७ बस्ने ३० वर्षीय सुरेश लामा, सोही स्थान बस्ने २२ वर्षीय उमेश लामा, रौतहटको चन्द्रपुर नगरपालिका–३ बस्ने ३२ वर्षीय धनबहादुर लामा र सोही स्थान बस्ने ४० वर्षीय देव पौडेल रहेको प्रहरीले जनाएको छ।  रासस

प्रकाशित: Aug 02, 2021| 07:05 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।