बिहीबार, वैशाख १३, २०८१

पोखराको लेकसाइडमा नि:शुल्क व्यायामशाला 

पोखराको लेकसाइडस्थित डिहीकोपाटनमा व्यायामशाला तथा केलिस्थेनिक्स पार्क सञ्चालनमा आएको छ।
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

पोखरा- उठेदेखि सुत्ने बेलासम्म व्यस्त छ मान्छे। शारीरिक भन्दा पनि मानसिक व्यस्तताका कारण अनेक किसिमका समस्या निम्तिरहेका छन्। दिमाग भारी र शारीरिक परिश्रम शून्य हुँदा कतिपयकाे जीवनशैली नै कठिन बन्न थालेकाे छ। 

triton college

शारीरिक व्यायामको कमीले बढ्दै गएको स्वास्थ्य समस्या कम गर्न नेपाली युथ फिटनेस एन्ड केलिस्थेनिक्स (एनवाइएफसी) र डीभी एजुकेसन नेटवर्कको संंयुक्त पहलमा मुलुकका विभिन्न सहरमा फिटनेस पार्क निर्माण अभियान थालिएको छ। 

अभियानअन्तर्गत पोखराको लेकसाइडस्थित डिहीकोपाटनमा व्यायामशाला तथा केलिस्थेनिक्स पार्क सञ्चालनमा आएको छ। व्यायामशाला उद्घाटन गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले गरेका हुन्। 

पहारीले नागरिकलाई स्वस्थ बनाउन यस्ता कार्यले धेरै सहयोग गर्ने बताए। व्यायामले मानसिक र शारीरिक रुपमा बलियो बनाउने हुँदा कोभिड संक्रमण बढिरहेका बेला यसको उपयोगिता अझ बढी रहेको उनकाे भनाइ छ। 

डीभी एजुकेशन नेटवर्कका निर्देशक तरुणप्रताप शाहले प्रोजेक्ट टेम्पल अभियानले युवालाई स्वास्थ्यप्रति जागरुक बनाउने लक्ष्य राखेको बताए।

corrent noodles
Metro Mart

उनले युवालाई लागूऔषध र मादक पदार्थको कुलतबाट टाढै राख्ने र स्वस्थ जीवनशैली अबलम्बन गर्न प्रेरित गर्ने प्रतिबद्धता जनाए। टेम्पल प्रोजेक्टअन्तर्गत निःशुल्क प्रशिक्षणसमेत दिइनेछ। 

नेपालका विभिन्न सहरमा २० भन्दा बढी यस्ता पार्क बनाउने अभियान अन्तर्गत यो दोस्रो पार्क रहेको एनवाइएफसीका अध्यक्ष सुकदेव कार्कीले बताए। शुक्रबार काठमाडौंमा पहिलो व्यायामशाला उद्घाटन गरेको उनले जानकारी गराए। 

केही वर्षअगाडि मोटरसाइकल दुर्घटनामा आफ्नो हात र खुट्टा भाँच्चिएको र आत्मविश्वाससमेत गुमेका बेला नियमित व्यायामको सहाराले पुनर्जीवन पाएको कार्कीले सुनाए। मानव जीवनमा व्यायामको अति नै महत्त्व रहेको र आफू पनि त्यसैबाट नयाँ जीवनमा फर्केकाले यो अभियानमा जुटेको उनले बताए।

पोखरा महानगरपालिका वडा नम्बर ६, लेकसाइडमा व्यायामशाला सञ्चालनमा आएपछि स्थानीय पनि उत्साही भएका छन्। अब व्यायामका लागि पैसा शुल्क तिर्नुपर्ने बाध्यता हटेको भन्दै स्थानीयले प्रशंसा गरेका छन्।

स्थानीय तालबाराही माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा व्यायामशाला निर्माण गरिएको हो। व्यायामशालाका लागि सहयोग गर्ने तालवाराही माविका प्रतिनिधिसहित विभिन्न व्यक्तिलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो। 

कार्यक्रममा पोखरा महानगरपालिका ६ का वडाध्यक्ष जगतबहादुर पहारी, तालवाराही मावि व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद न्यौपाने, बब्स जिम्मका सञ्चालक एवं पर्यटन व्यवसायी वैभव पौडेल, रानीपौवा जिमका सञ्चालक दीपक बास्तोला लगायत सहभागी थिए। 

नेपाल रेडक्रस सोसाइटी एकाइ सभापति हरिकृष्ण पहारी, खहरेआमा समूह अध्यक्ष मैया थापा, नमुना आमा समूह अध्यक्ष अम्बिका अधिकारी, जगदम्बा आमा समूह अध्यक्ष चन्द्रकला अधिकारी, वंगलादी आमा समूह अध्यक्ष विनीता अधिकारी कार्यक्रममा सहभागी थिए। 

एनवाइएफसीका प्रतिनिधि पूनम बोमजन, कांग्रेस युवा नेता किरण बराल, युवा संघ केन्द्रीय सदस्य महेन्द्र गुरुङ लगायतको सहभागितामा भएको कार्यक्रममा बारस्क्वाड पोखराका संस्थापक सलित गुरुङ, विवेक खड्काले साथ दिएका थिए। 

प्रकाशित: Nov 07, 2020| 13:10 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।