काठमाडौं- अमेरिकी राष्ट्रपतिका लागि भएको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनलाई आफूलाई आफैँ विजयी भएको घोषणा नगर्न चेतावनी दिएका छन्।
उनले केही बेरअघि ट्वीट गर्दै भनेका छन्, 'यो दाबी त म पनि गर्न सक्छु, नतिजा आउनुभन्दा पहिला स्वयंलाई विजेतम घोषित नगर्नुस्।'
उनले भनेका छन्, 'बाइडेनले जित्ने दाबी गर्नु हुँदैनथ्यो। कानुनी प्रक्रिया भर्खरै सुरु भएको छ।'
यद्यपि ट्रम्पले मत गणना जारी रहेकै बेला दुईपटक आफू विजयी भएको घोषणा गरिसकेका छन्। उनले ती राज्यमा पनि आफूले जितिरहेको बताएका थिए, जहाँ बाइडेन अगाडि थिए।