शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दाहालले सचिवालय बैठक डाके पार्टी फुटेको बुझ्ने चेतावनी दिएका थिए ओलीले

दाहालले सचिवालय बैठक डाके पार्टी फुटेको बुझ्ने चेतावनी दिएका थिए ओलीले

दाहालले आज पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको केन्द्रीय सचिवालय बैठकले भोलि शनिबार सामुहिक रूपमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भेटेर  सचिवालय बैठक बोलाउन अनुरोध गर्ने निर्णय गरेको छ। 
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफूलाई सचिवालय बैठक नडाक्न चेतावनी दिएको बताएका छन्।

triton college

बैठक डाके त्यही कुरा पार्टी फुटको प्रस्थान बिन्दु हुने चेतावनी ओलीले दिएपछि आफूले अनौपचारिक बैठक बोलाएको दाहालले बताएका छन्। 

दाहालले आज पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको केन्द्रीय सचिवालय बैठकले भोलि शनिबार सामुहिक रूपमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भेटेर  सचिवालय बैठक बोलाउन अनुरोध गर्ने निर्णय गरेको छ। 

बैठकपछि पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आजको बैठक अनौपचारिक भएको र अध्यक्ष ओलीकै सहमतिमा छलफल गरिएको बताए।

‘पार्टीमा केही समयअघि देखा परेका समस्या सम्बोधन र समाधान गर्न स्थायी कमिटी बैठक बसेको थियो। बैठकले दुई अध्यक्षको कार्यविभाजन गरेको थियो। विधि र पद्धतिअनुसार संस्थागत ढंगले पार्टी सञ्चालन गर्ने तथा चैतमा एकताको महाधिवेशन गर्ने निष्कर्ष निकालेको थियो। तर सर्वसम्मतिको उक्त निर्णय कार्यान्वयन प्रक्रियामा समस्या उत्पन्न भयो,’ श्रेष्ठले भने। 

corrent noodles
Metro Mart

सचिवालय सदस्यहरुले लिखित र मौखिक रुपमा पनि तत्काल सचिवालय र अन्य निकायको पनि बैठक बसेर आवश्यक निष्कर्ष निकाल्न अध्यक्षहरुलाई अनुरोध गरेको बताउँदै प्रवक्ता श्रेष्ठले राष्ट्रियता, स्वास्थ्य संकट, जनजिवीकाका सवाल, स्थायी कमिटीको निर्णय कार्यान्वयन प्रक्रिया आदिबारे कार्यकारी अध्यक्षले पनि बैठक बोलाउन ओलीसँग आग्रह र प्रयत्न गरेको स्मरण गराए।

‘पार्टीमा जुनुसकै समस्या र संकट देखा परेको भए पनि सहमतिको आधारमा बैठक बस्ने र त्यहीँ छलफल गरेर पार्टी एकता बचाउँदै पार्टी विधि र पद्धपतिअनुसार तथा सरकार पार्टीको मार्गनिर्देशनका आधारमा चलाउन बैठक बसौं भनेर बारम्बार प्रस्ताव राखियो। तर अध्यक्ष ओलीले बैठक बस्न सहमति दिनुभएन र कार्यकारी अध्यक्षले औपचारिक बैठक बसे त्यो नै पार्टी फुटको घोषणाको बिन्दु हुनेछ भन्नुभयो। त्यसपछि कार्यकारी अध्यष प्रचण्डले अनौपचारिक बैठक बोलाउनु भएको हो,’ श्रेष्ठले भने।

कार्यकारी अध्यक्षले औपचारिक बैठक नै बोलाउन सक्ने अधिकार भए पनि पार्टीलाई जोगाउन अर्का अध्यक्ष ओलीको सहमतिमा अनौपचारिक बैठक बोलाएको प्रवक्ता श्रेष्ठले बताए।  भोलि शनिबार ५ जना सचिवालय सदस्यले सहमतिकै आधारमा बैठक बसाउन ओलीलाई अनुरोध गर्ने श्रेष्ठले जानकारी दिए। 

आजको बैठकमा प्रधानमन्त्री केपी ओली लगायतका चार सदस्य अनुपस्थित थिए। बैठकमा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित रहेका हुन्। 

अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष बामदेव गौतममात्र बैठकमा सहभागी थिए। 

महासचिव पौडेल र गृहमन्त्री थापाबीच बेग्लै छलफल भएको बुझिएको छ। 

प्रकाशित: Nov 06, 2020| 11:32 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।