काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयमा समर्थन जनाएका छन्।
थापाले प्राचिनकालदेखि मुलुकको नाम नेपाल भएकाले अगाडि कुनै विशेषण जोड्नु आवश्यक नभएको बताएका हुन्।
‘संघीयता र गणतन्त्रको विपक्षमा रहेकाले भनेको होइन’ उनले भने, ‘सरकारले नेपाल मात्रै लेख्ने जुन निर्णय गरेको छ। त्यो ठिक छ।’
नामको अगाडि राखिएको विशेषण हटाउँदा षडयन्त्र ठान्नेहरूको मनस्थितिबाट त्यो मान्यता कति कमजोर धरातलमा खडा गरिएको भन्ने प्रष्ट हुने पनि उनले बताए।