शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गणेशमान अध्ययन प्रतिष्ठानले चिकित्सकीय परामर्श सेवा दिने

गणेशमान अध्ययन प्रतिष्ठानले चिकित्सकीय परामर्श सेवा दिने

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीका पहलमा कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि नागरिक लक्षित चिकित्सकीय परामर्शका कार्यक्रम गरिने भएको छ।
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

काठमाडौं- गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीका पहलमा कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि नागरिक लक्षित चिकित्सकीय परामर्शका कार्यक्रम गरिने भएको छ।

triton college

मुलुकको वर्तमान समस्याको गाम्भीर्यलाई मनन् गरी सर्वमान्य नेता गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीका अवसरमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा नागरिक लक्षित विभिन्न कार्यक्रम गरिन लागेको हो।

उनले सबै निर्वाचित जनप्रतिनिधि तथा कांग्रेसका जिम्मेवार नेतालाई आआफ्ना क्षेत्रमा कोरोनाको संक्रमण नियन्त्रणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रहसमेत गरेका छन्।

नेता सिंहको जन्मजयन्तीको दिन यही कात्तिक २४ गतेदेखि कोरोनाबाट बच्ने उपायको जानकारीमूलक पम्पलेट, कपडाको मास्क र सिटामोल ट्याब्लेट घरघरमा उपलब्ध गराउने उनले जानकारी दिए।

कात्तिक २४ गतेदेखि नै चिकित्सकद्वारा फोनमार्फत कोरोनासम्बन्धी सल्लाह र सुझाव उपलब्ध गराउने उद्देश्यले टेलीसेन्टर सञ्चालन गरिने छ। सो सेवा बिहान, दिउँसो र राति गरी २४ सै घण्टा उपलब्ध हुनेछ।

corrent noodles
Metro Mart

सो टेलिसेन्टरमा डा. रवीन्द्र पाण्डे (फोन नं. ९८४७३९४५२०) र डा भूपेन्द्र बस्नेत (फोन नं. ९८५१०५९४००) को पनि सहयोग  रहने नेता जोशीले जानकारी दिए।

कोरोना संक्रमण भएपछि अक्सिजनको मात्रा घट्दै जाने र यसले थप जटिलता ल्याउने भएकाले आवश्यक परेका तर आफैँ किन्न नसक्नेलाई अक्सिमिटर (पल्समिटर) उपलब्ध गराइने छ।

यसरी अक्सिमिटर लिएकाहरुले काम सकिइसकेपछि अरु कुनै आवश्यक परेका घरमा दिएर वा जोसँग लिएको हो सोही व्यक्तिलाई फिर्ता गरी सहयोग गर्न पनि आग्रह गरिएको छ।

कोरोना संक्रमितमध्ये कसैको समस्या जटिल भएमा तत्काल १०२ मा फोन गरेर एम्बुलेन्स मगाई अस्पताल लैजान समन्वय गरिनेछ। 

नेता जोशीले स्वास्थ्य र सुरक्षाकर्मी तथा अग्रपंक्तिमा कार्यरतलाई जोखिम भत्ता उपलब्ध गराउन, श्वासप्रश्वाससम्बन्धी वार्डको तत्काल व्यवस्था गर्न र निःशुल्क पिसिआर परीक्षणको व्यवस्था तत्काल पुनर्बहाली गर्न सरकारसँग माग गरेका छन्।

प्रकाशित: Nov 04, 2020| 13:50 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।