काठमाडौं– भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणको विरोधमा २१ दलीय मोर्चाले बुधबार राजधानीको माइतीघरमा प्रदर्शन गरेकाे छ।
नरवणेले नेपालको नयाँ नक्सा सार्वजनिक गर्दा सार्वभौमिकताविरुद्ध बोलेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।
उनीहरुले भारतीय सेनाले कालापानी छाड्नुपर्ने, असमान सन्धिसम्झौता खारेज गर्नुपर्ने, नेपालमाथि हस्तक्षेप बन्द गर्नुपर्ने, गो ब्याक नरवणेलगायतका नारा लगाएका थिए।
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा थापाको औपचारिक निमन्त्रणामा भारतीय सेना प्रमुख नरवणे तीन दिने भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन्।