बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • जर्मन निर्वाचन : मर्केलको उत्तराधिकारीका लागि कोको भिड्दैछन्?

जर्मन निर्वाचन : मर्केलको उत्तराधिकारीका लागि कोको भिड्दैछन्?

लामो समयसम्म सत्ता सञ्‍चालनको जिम्मेवारी पाएकी जर्मन चान्सलर एंगेला मर्केलपछि उनको उत्तराधिकारी को बन्‍ने भन्‍ने कुराको फैसला आइतबार मतदाताले गर्ने भएका छन्।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

बर्लिन- लामो समयसम्म सत्ता सञ्‍चालनको जिम्मेवारी पाएकी जर्मन चान्सलर एंगेला मर्केलपछि उनको उत्तराधिकारी को बन्‍ने भन्‍ने कुराको फैसला आइतबार मतदाताले गर्ने भएका छन्। विगत १६ वर्षदेखि चान्सलरको जिम्मेवारी सम्हाल्दै आएकी मर्केलको उत्तराधिकारी बन्‍ने दौडमा रहेका उम्मेदवार सामु निकै ठूलो चुनौती छ। 

triton college

सत्ता सुम्पिने तयारीमा रहेकी मर्केल शनिबारको चुनावी र्‍यालीमा कन्जर्भेटिभ पार्टीका उम्मेदवार आर्मिन लाशेटसँग देखिएकी थिइन्। मर्केलको उत्तराधिकारीका लागि तीजना मैदानमा देखिएका छन्। यसका लागि आइतबार मतदान हुँदै छ। 

आर्मिन लाशेट

चान्सलर पदका लागि सबैभन्दा अघि देखिएका लाशेट चुनावी अभियानकै क्रममा गरेका गल्तीका कारण पछि परेका छन्। तर, पनि उनी चान्सलरको दौडमा लागिरहेकै छन्। ६० वर्षीय लाशेट मर्केलको पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) का नेता हुन्। जर्मनीको सबैभन्दा बढी जनसंख्या भएको प्रान्त नर्थ राइन वेस्टफालियामा उनी प्रिमियर पनि हुन्। 

चान्सलर पदका लागि उनले बावेरियाका नेता मार्कस सोडरलाई निकै कम मतान्तरले पछाडि पारेका थिए। यस दौडमा पार्टीले पनि लाशेटलाई समर्थन गरेको थियो। सन् २००५ मा आफ्नो क्षेत्रबाट एकीकरण मन्त्री बनेका उनले तुर्की समुदायसँग राम्रो सम्बन्ध बनाएका थिए। लाशेटमा क्याथोलिक चर्चको प्रभाव रहेको छ भने उनी चर्चबाट सञ्‍चालित विद्यालयमा पढेका थिए। उनका बुबा आमा पनि धार्मिक रहेको र उनी विवाहित हुन्। उनका तीन सन्तान छन्। उनी अहिले दक्षिणपन्थी सेनानीको रुपमा देखिएका छन्। 

corrent noodles
Metro Mart

एनालेना बेयरब्याक 

मर्केलको उत्तराधिकारीको दौडमा देखिएकी उनी एकमात्रै महिला उम्मेदवार हुन्। उनी ग्रीन पार्टीबाट पहिलो चान्सलर उम्मेदवार पनि हुन्। उत्तरी सहर हेनोभर नजिकैको गाउँमा रहने एनालेना पूर्व ट्रेम्पोलिन च्याम्पियन हुन्। ४० वर्षीया एनालेना ह्यामबर्ग र लन्डनमा कानुन तथा राजनीति अध्ययन गरेकी थिइन्। उनी युरोपियन संसद्‌मा ग्रीस पार्टीका लागि काम गरिरहेकी छन्। 

उनीमाथि साहित्यिक चोरी र आफ्नो सीभीमा गलत कुराहरु राखेको आरोपसमेत लागेको छ। यस आरोपका कारण उनको छविमा प्रश्‍न उठेको छ। सन् २०१३ मा जर्मनी संसद् सदस्य भएकी एनालेनाका दुई सन्तान छन्। 

उनले पर्यावरण र पारिवारिक मुद्दामा जोड दिएकी छन्। उनले चीनप्रति कठोर नीति अवलम्बन गरेकी छन्। उनले राजनीतिक सुधारका लागि प्रभावमा नपरेको व्यक्ति हुनुपर्ने बताउँदै आएकी छन्। जर्मन मतदाताको अहम् मुद्दा मानिएको जलवायु परिवर्तनलाई उनले जोडतोडका साथ उठाएकी छन्। 

ओलाफ स्कोल्ज

६२ वर्षीय ओलाफ स्कोल्ज जर्मनीका पूर्व वित्तमन्त्री हुन्। चान्सलर मर्केलका डेप्युटीसमेत बसेका उनलाई चुनावी अभियानका क्रममा व्यापक समर्थन जुटेको बताइएको छ। उनको हातमा देश सुरक्षित रहने आँकलन गरिएको छ। सन् १९९८ देखि २०११ सम्म सांसद रहेका उनी पछिल्लो एक्जिट पोलमा सबैभन्दा अघि देखिएका छन्। 

सन् २०११ देखि २०१८ सम्म ह्यामबर्ग सहरका मेयरसमेत रहेका उनले सहरको वित्तिय क्षेत्रमा सुधार गरेका थिए। उत्तर पश्‍चिमी जर्मनीको ओस्नाब्रक इलाकाका स्कोल्जले कानुन अध्ययन गरेका छन्। रुढीवादी नेता मानिएका उनले कोरोना महामारीका समयमा  श्रमिकहरुका लागि ९०४ अर्ब डलरको राहत प्याकेज पनि लागु गरेका थिए। 

सन् १९९४ पछि पहिलो पटक वर्तमान चान्सलर चुनाव लडिरहेका छैनन्।

प्रकाशित: Sep 26, 2021| 19:31 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।