मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ७२ अर्बको पुनर्कर्जा माग, मंसिरभित्रै दिने राष्ट्र बैंकको तयारी

७२ अर्बको पुनर्कर्जा माग, मंसिरभित्रै दिने राष्ट्र बैंकको तयारी

सस्तो ब्याजदरमा पुनर्कर्जाको लागि आवेदन दिएकाहरुले यही मंसिरभित्र ऋण पाउने भएका छन्।
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं- सस्तो ब्याजदरमा पुनर्कर्जाको लागि आवेदन दिएकाहरुले यही मंसिरभित्र ऋण पाउने भएका छन्।

triton college

आइतबार नेपाल राष्ट्र बैंकले सम्बन्धित निकायसँग छलफल गरी असोज मसान्तसम्ममा परेका निवेदनहरुको कार्तिक महिनाभर छानबिन गरेर मंसिरभित्रमा ऋण दिइसक्ने जनाएको छ। 

सस्तो ब्याजदरमा पुनर्कर्जा चाहिनेहरुले गत असोज मसान्तसम्ममा सम्बन्धित बैंकमा आवेदन दिइसक्नुपर्ने व्यवस्था थियो। नेपाल राष्ट्र बैंकले सम्पूर्ण विवरण संकलनपछि सम्बन्धित बैंकलाई एकमुष्ट पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। 

कोरोनाका कारण समस्यामा परेका साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई मध्यनजर राख्दै नेपाल राष्ट्र बैंकले राहतस्वरुप पाँच प्रतिशत ब्याजदरमा पुनर्कर्जा प्रदान गर्ने मौद्रिक नीति मार्फत व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रको वर्गीकरण गरेर सोही अनुसार पुनर्कर्जा वितरण गर्ने उल्लेख गरेको छ। केन्द्रीय बैंकले वर्गीकरण गरेको क्षेत्रमा परेकामा ऋणीले पुनर्कर्जा न्यूनतम १ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर अनुुदानमा उपयोग गर्न पाउँछन्।

corrent noodles
Metro Mart

७२ अर्बको पुनर्कर्जा माग 

नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्ममा ४४ वटा बैंक तथा वित्तिय संस्थाबाट ७२ अर्ब रुपैयाँ बराबरको सस्तो व्याजको पुनर्कर्जा माग भएको छ। हाल राष्ट्र बैंकसँग ३८ अर्ब रुपैयाँको कोष छ। 

पुनर्कर्जा कार्यविधिअनुसार हाल कोषमा रहेको रकमको पाँच गुणासम्म ऋण प्रवाह गर्न सकिन्छ। बढीमा पाँच प्रतिशतको ब्याजदरमा दिइने पुनर्कर्जा कोषको रकम एक खर्ब ९० अर्ब रुपैयाँसम्मको हुने राष्ट्र बैंकले जनाएको छ।

सो रकमको ७० प्रतिशत रकम पुनर्कर्जाको लागि दिन सकिने राष्ट्र बैंकका बैंक तथा वित्तिय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकालले जानकारी दिए। उनका अनुसार राष्ट्र बैंकले जारी गरेको कार्यविधिलाई आधार मानेर दिइने पुनर्कर्जा बढीमा एक खर्ब ४८ अर्ब ४ करोड रुपैयाँ हुनेछ। 

आइतबार भएको छलफल कार्यक्रममा धेरै रकम बराबरको पुनर्कर्जा माग भएमा पनि राष्ट्र बैंकले रकम अभाव हुन नदिने स्पष्ट पारेको छ।

राष्ट्र बैंकले कोरोना प्रभावित उद्योग व्यापार व्यवसायलाई अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित गरी तीन भागमा बाँडेर कर्जा प्रवाह गर्ने गरी कार्यविधि नै बनाइसकेको छ। 

राष्ट्र बैंकका अनुसार अति प्रभावित होटल क्षेत्रबाट मात्र ८ अर्ब ७ करोड रुपैयाँ पुनर्कर्जाको माग भएको छ। पुनर्कर्जा कार्यविधि जारी गरिसकेपछि २६ जना ऋणीहरुलाई करिब ५ अर्ब ९ करोड रुपैयाँ पुनर्कर्जा वितरण भइसकेको राष्ट्र बैंक जनाएको छ।

प्रदेशगत रुपमा पुनर्कर्जाको माग सबैभन्दा बढी बागमती प्रदेशबाट १८ अर्ब रुपैयाँको आएको उनले जानकारी दिए।

प्रकाशित: Nov 01, 2020| 11:35 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्