शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • तीन महिनामा वाणिज्य बैंकहरुको कर्जा र निक्षेप डेढ खर्ब बढ्यो 

तीन महिनामा वाणिज्य बैंकहरुको कर्जा र निक्षेप डेढ खर्ब बढ्यो 

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ६४ अर्ब रुपैयाँले बढेको छ भने कर्जा प्रवाह एक खर्ब २९ अर्ब रुपैयाँले बढेको छ । 
 |  बिहीबार, कात्तिक १३, २०७७

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं–  चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बंैंकहरुको निक्षेप १ खर्ब ६४ अर्ब रुपैयाँले बढेको छ भने कर्जा प्रवाह एक खर्ब २९ अर्ब रुपैयाँले बढेको छ । 

triton college

नेपाल बैंकर्स एसोसिएनका अनुसार तीन महिनामा कर्जाको तुलनामा निक्षेपमा बृद्धि भएको हो। 

असार मसान्तमा वाणिज्य बैंकहरुको निक्षेप ३४ अर्ब ७९ अर्ब रुपैयाँ रहेकोमा असोज मसान्तमा आइपुग्दा ३६ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह असार मसान्तसम्ममा २९ खर्ब ५ अर्ब रहेकोमा असोज मसान्त सम्ममा आइपुग्दा ३० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ । 

एनआइसी एसियाको बढी 

तीन महिनाको अवधिमा एनआइसी एसिया बैंकले सबैभन्दा बढी निक्षेप संकलन गरेको छ। उक्त बैंकले ३५ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। 

corrent noodles
Metro Mart

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले पनि तीन महिनाको अवधिमा १९ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। 
धेरै बैंक तथा वित्तीय संस्थाहरुले अत्यधिक तरलताका कारण निक्षेपको व्याजदर ह्वात्तै कम गरेपनि यी बैंकहरुले तुलनात्मक रुपमा व्याजदर कम घटाएका कारण निक्षेप संकलन बढी भएको हो। 

कहाँ गयो स्ट्यान्डर्ड चार्टर्डको १३ अर्ब ९२ करोड ? 

बैंकर्स संघका अनुसार तीन महिनाको अवधिमा स्ट्यान्डर्ड चार्टड बैंकले १३ अर्ब ९२ करोड रुपैयाँ निक्षेप गुमाएको छ। 
गत असार मसान्तमा स्ट्यान्डर्ड चार्टड बैंकमा ९९ अर्ब ११ करोड रुपैयाँ निक्षेप रहेकोमा असोज मसान्तसम्म आइपुग्दा उक्त बैंकमा ८५ अर्ब १९ करोड रुपैयाँ मात्र निक्षेप छ। 

अन्य बैंकहरुले स्ट्यान्डर्ड चार्टड बैंकले दिनेभन्दा बढी ब्याज दिन नसकेपछि निक्षेपकर्ता अन्य बैंकतर्फ लागेको उक्त बैंकले जनाएको छ। 

सवैभन्दा बढी कर्जा प्रवाह एनआइसी एसियाबाटै 

तीन महिनाको अवधिमा सवैभन्दा बढी निक्षेप संकलन गरेको एनआइसी लगानी कर्जा प्रवाहमा पनि अन्य बैंकभन्दा अगाडि नै छ।

उक्त बैंकले यस अवधिमा २९ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। त्यस्तै बढी कर्जा प्रबाह गर्ने बैंकहरुमा प्रभु बैंक र एनएमबी बैंक पनि अगाडि छन्। उनीहरुले तीन महिनाको अवधिमा क्रमशः १५ अर्ब ४६ करोड र १२ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

विदेशी लगानीका बैंकमा कर्जा घट्यो

यस अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा ४ अर्ब १२ करोड रुपैयाँले घटेको छ भने हिमालयन बैंक र नेपाल एसबीआई बैंकको पनि क्रमशः ३ अर्ब ११ करोड र ३ अर्ब ३६ करोड रुपैयाँले घटेको बैंकर्स संघले जनाएको छ । 
यी तिनवटै बैंकहरुमा विदेशी लगानी समेत छ। 

स्ट्यान्डर्ड चार्टड ग्रुपको ७०.२१ प्रतिशत सेयर रहेको सो बैंकमा २९.७९ प्रतिशत सेयर भने नेपाली सर्वसाधरणको छ । 
त्यस्तै नेपाल एसबीआईमा एसबीआई ग्रुप इन्डियाको लगानी छ भने हिमालयन बैंकमा हबिब बैंक अफ पाकिस्तानको लगानी छ। यद्यपि, हिमालयनबाट हबिब बाहिरिएर अमेरिकाको एक बैकले लगानी तयारी भइरहेको छ। 

बैंकको निक्षेप र कर्जाको अवस्था

प्रकाशित: Oct 29, 2020| 08:09 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्