शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमै पहिलो पटक केएफएले ल्यायो ९ पिलरसहितको बिसीएस आईटी

नेपालमै पहिलो पटक केएफएले ल्यायो ९ पिलरसहितको बिसीएस आईटी

मध्य बानेश्वरस्थित के एफ ए बिजनेस स्कुलले “बि सी एस आईटि” नामक नयाँ कार्यक्रम घोषणा गरेको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– मध्य बानेश्वरस्थित के एफ ए बिजनेस स्कुलले “बि सी एस आईटि” नामक नयाँ कार्यक्रम घोषणा गरेको छ। शिक्षा क्षेत्रमा २१ वर्ष देखिको अनुभव रहेको के एफ ए  ले विश्वजगतमा आई टि को महत्व बढेसँगै आफ्नो नयाँ आयाम थपेको हो।

“भिजन बियोन्ड द बक्स” भन्ने नारालाई आत्मसाथ गर्दै शिक्षा, तालिम र परामर्शमा आफूलाई अब्बल साबित गरेको के एफ ए ले   शैक्षिक क्षेत्र अन्तर्गत एम बि ए  प्लस र बि एच एम कार्यक्रम संचालन गर्दै आईरहेको छ । यस संस्थाले  लिंकन बिश्वबिद्यालय अन्तर्गत ९ स्तम्भ सहितको नयाँ  बि सी एस आई टि कार्यक्रम नेपालमै पहिलो पटक ल्याएको बताएको छ।

नेटवर्किङका साथै  साइबर सेक्युरिटीलाई मुख्य केन्द्रबिन्दु बनाएको उक्त कार्यक्रम ३ वर्षको हुनेछ। संस्थाले प्लस टु परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि यस बिषयको माग र सम्भाव्यता सम्बन्धि जानकारी दिन  निस्शुल्क  सेमिनार आयोजना गर्ने घोषणा समेत गरेको छ। 


प्रकाशित: Sep 26, 2021| 14:22 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्