काठमाडौं– २३ वर्षअघि अन्तरिक्ष पुगेका रुसी अन्तरिक्ष यात्रीले स्पेस स्टेसनमा मदिरा पार्टी गरेको तस्बिर सार्वजनिक भएको छ। सन् १९९७ मा मीर स्पेस स्टेसनमा अन्तरिक्ष यात्रीले मदिरा पिएका हुन्।
अन्तरिक्षमा मदिरा प्रतिबन्धित भए पनि उनीहरुले आफूसँग लुकाएर ब्रान्डी लिएर गएका थिए। अल्कोहल प्रयोग हुने माउथवास, हेन्ड स्यानिटाइजर, पर्फ्युम आदिसमेत अन्तरिक्षमा लैजान प्रतिबन्ध छ।
अन्तरिक्षसम्म मदिरा लैजान उनीहरुले अनौठो तरिका अपनाएका थिए, जसको खुलासा भर्खरैमात्र भएको छ। अन्तरिक्ष यात्री आफैंले यसको खुलासा गरेका छन्। उनीहरुले विशेष किसिमको सुट (अन्तरिक्ष यात्रीले लगाउने कपडा) मा ब्रान्डीको बोतल लुकाएका थिए।
जुसको बोतल भनेर भनेर ढाँटेर उनले मदिरा लगेको स्वीकार गरेका छन्। एक यात्रीले त आफ्नो नाडीमा पनि ब्रान्डीको सानो बोतल लुकाएका थिए। कतिपयले आफ्नो वजन कम देखाउन कम खानेकुरा खाएका थिए, तासक बचेको वजनमा मदिरा लुकाएर लैजान सकियोस्।
–नवभारत टाइम्स