मंगलबार, वैशाख ११, २०८१

चीनका युवामा बढ्यो सेक्स टोयको आकर्षण 

चीनमा सेक्स टोयको बजार १५ अर्ब डलर बराबर पुगेकोे छ। युवामाझ लोकप्रिय रहेकाले यसको बजार बढेको हो। 
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

चीनमा सेक्स टोयको बजार १५ अर्ब डलर बराबर पुगेकोे छ। युवामाझ लोकप्रिय रहेकाले यसको बजार बढेको हो। 

triton college

सेक्स टोयको प्रयोग बढ्नुमा कोरोना महामारीका कारण एक्लिएका युवाकोे बाध्यता हो वा चिनियाँ समाज साँच्चिकै बदलिएको हो त?

घरमा बन्द रहिरहँदा २७ वर्षकी एमीले आफूलाई एक्लो महसुस गरिरहेकी थिइन्। कोरोना महामारी कालमा राजधानी बेइजिङमा बाहिर निस्केर डेटिङ गर्ने सम्भावना थिएन। यस्तो बेला उनी अनलाइन च्याटमा व्यस्त हुन्थिन्। च्याटमा उनीजस्तै केही महिलाले सेक्स टोयको कुरा उठाए। 

सेक्सबाट टाढै रहन बाध्य एमीलाई उनीहरुले सेक्स टोय उपयोग गर्न प्रेरित गरे। एमी भन्छिन्, ‘पहिले अलिकति डर र संंकोच थियो।’ तर, एकपटक प्रयोग गरेपछि उनलाई आनन्द आउन थाल्यो। 

निर्यातकर्ताबाट प्रयोक्ता

corrent noodles
Metro Mart

संसारमा सबैभन्दा धेरै जनसंख्या भएको देश चीनमा सेक्स टोयको माग बढिरहेको छ। यसअघि बेडरुममा उपयोग हुने यस्ता साधनको सबैभन्दा ठूलो निर्यातकर्ता थियो चीन। 

कोरोना महामारीका कारण देशभित्रै अनगिन्ती जोडी बेग्लाबेग्लै रहन बाध्य भए। मनोरञ्जनका सार्वजनिक स्थान पनि लामै समय बन्द भए। यसबाहेक चीनको संस्कृतिमा आएको खुलापन र युवामा पश्चिमा प्रभावले पनि सेक्स टोयको प्रभाव बढेको मान्छन् जानकारहरू। 

यौन र सम्बन्धमा परामर्श दिने प्रसिद्ध चिनियाँ ब्लगर हेङका अनुसार धेरै महिला सेक्स टोयप्रति खुला सोच राख्छन्। अधिकांश महिलाले यसलाई ‘प्राकृतिक र सामान्य’ ठान्छन्। ट्विटर जस्तै चीनको प्लेटफर्म वाइबोमा सात लाख फलोअर भएकी हेङ सेक्स र टोयका बारेमा नियमित चर्चा गर्छिन्।

चिनियाँ महिलाका कारण सेक्स टोयको बजार नयाँ उचाइमा पुगेको उनको दाबी छ। 

परम्परागत सोच फेरिएकै हो त?

चीनमा सेक्ससँग जोडिएका धारणा परम्परागत छ। देशमा पोर्नोग्राफी पूर्ण प्रतिबन्धित छ। अनलाइन प्लेटफर्ममा ‘अश्लील’ कन्टेन्ट हटाउन चिनियाँ प्रशासनले सधैंजसो छापा मार्छ। 

राष्ट्रपति सी चिनफिङले साइबर स्पेस ‘सफा र यथार्थ’ बनाउन जोड दिएका छन्। 

यसबाहेक चिनियाँ प्रशासन समाजमा विवाह र पारिवारिक मूल्यलाई प्राथमिकता दिन प्रयासरत छ। कारण चीनमा जन्मदर निकै कम छ। पारपाचुकेले कीर्तिमान कायम गरेको छ। सन् २०१९ मा मात्रै ३१ लाख जोडीले पारपाचुके गरेका छन्। यसले पनि चीनको पारम्परिक समाजमा आउँदै गरेको परिवर्तनबारे थाहा हुन्छ। 

युवा पुस्ता बेडरुममा आफ्ना आवश्यकताप्रति जागरुक हुँदै छन्। सेक्स टोयप्रति उनीहरुको आकर्षण बढ्दो छ। चिनियाँ बजारको नेतृत्व अधिकांश महिला र मिलेनियल पुस्ताका युवाले गरिरहेका छन्।

यद्यपि, चीनको घरेलु सेक्स टोय बजार पश्चिमी देशमात्र होइन जापानी बजारभन्दा पनि सानो छ। चिनियाँ अनुसन्धान एजेन्सीको अनुमानअनुसार यसको बजार अहिले १४.७ अर्ब डलरको छ।

साङहाईस्थित मार्केट रिसर्च फर्म डेक्स कन्सलटिङमा विश्लेषक स्टेफी नोएल भन्छिन्, ‘यो वर्ष जनवरी र जुनका बीचमा बाइडु (गुगलजस्तै सर्च इन्जिन) मा ‘सेक्स टोयज’ किबोर्ड अत्यधिक प्रयोग भएको छ।’ 

कोरोनाका कारण लागेका विभिन्न प्रतिबन्धले सेक्स टोयको बिक्रीमा आएको उछाल पछिसम्म कायम नरहने नोएलको अनुमान छ। 

नोएल भन्छिन्, ‘सेक्स टोयका नयाँ खरिदकर्ता देखिए। तर तीमध्ये ७० प्रतिशतले त्यसभन्दा अघि बढेर केही किन्ने सम्भावना निकै कम छ।’ 

उसो त विश्वभर सेक्स टोय पुर्‍याउने चीनले अहिले कुल वैश्विक निर्यातको ७० प्रतिशत उत्पादन गरिरहेको छ। यस्ता टोयको सबैभन्दा बढी माग फ्रान्स, इटली र अमेरिकाजस्ता देशमा छ। -एएफपी/डीडब्ल्यू
 

प्रकाशित: Oct 21, 2020| 13:10 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।
पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।
बालेनका नाममा २८ केजीको खसी बाजी!

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।
जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।
जसले १० करोड रङलाई चिन्न सक्छिन्

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।