काठमाडौं- एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन)का अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
चौधरीले आफू कोरोना संक्रमणमा परेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। हाल उनलाई कोरोनाको सामान्य लक्षण देखिए पनि अवस्था सामान्य रहेको बताएका छन्।
उनी चिकित्सकको परामर्शमा होम आइसोलेसनमा बसेका छन्। उनले आफुसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई सजग र सतर्क रहन अपिल गरेका छन्।